गृहपृष्ठ ∕ ग्लोबल ∕ बुद्ध नेपालमा जन्मिएको बारे कुनै शंका छैन : भारतीय विदेश मन्त्रालय बुद्ध नेपालमा जन्मिएको बारे कुनै शंका छैन : भारतीय विदेश मन्त्रालय दीप संञ्चार साउन २६, २०७७ गते ८:१८ मा प्रकाशित काठमाडौं –भारतीय विदेश मन्त्रालयले बुद्ध नेपालमा जन्मिएको भन्ने बारे कुनै शंका नरहेको स्पष्ट गरेको छ । विदेशमन्त्री एस जयशंकरले भगवान बुद्धलाई ‘महान् भारतीय’ भनेको विषय विवादमा आएपछि भारतीय विदेश मन्त्रालयले यस बारेमा स्पष्ट गरेको छ ।भारतीय विदेश मन्त्रालयले मिडियाले यस बारेमा सोधेको जिज्ञासाको जवाफ भन्दै प्रवक्ता अनुराग श्रीवास्तवले भनेका छन्–‘अगस्त ८ मा भएको कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिजले गरेको भर्चुअल अन्तरक्रियामा बौद्ध सम्पदाको बारेमा कुरा गरिएको हो । गौतम बुद्ध लुम्बिनीमा जन्मिएको र त्यो नेपालमा पर्ने बारेमा कुनै शंका छैन ।’यसअघि आइतबार नै नेपाल सरकारले भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान बुद्धलाई ’महान् भारतीय’ भनेको विषयमा आफ्नो प्रतिक्रिया दिएको थियो । भारतीय विदेशमन्त्रीको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले यो विवादको विषय नै नभएको बताएको छ । परराष्ट्रलाई मिडियाले राखेको जिज्ञासाको जवाफमा गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा भएको बताएको छ ।परराष्ट्रले भनेको छ, ‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा हो । बुद्धको जन्मभूमि बुद्धिज्मको उदगम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ । सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा यहाँको संसदलाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्तिका दूत गौतम बुद्धको देश भएको बताउनुभएको थियो ।’परराष्ट्रले नेपालबाट विश्वका विभिन्न मुलुकमा बुद्धिज्म फैलिएको उल्लेख गर्दै तर बुद्ध कहा जन्मेका हुन् भन्ने कुराचाहिँ विवादको विषय नभएको स्पष्ट पारेको छ । यो कुरा शंका र विवादभन्दा पर रहेको भन्दै परराष्ट्र मन्त्रालयले यो बहसको विषय हुन नसक्ने बताएको छ । साथै सारा अन्तर्राष्ट्रिय समूदाय विषयमा जानकार रहेको परराष्ट्रले भनेको छ ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट