गृहपृष्ठ ∕ समाचार ∕ बन्दाबन्दीका कारण उड्डयन क्षेत्रमा दस अर्बको नोक्सानी बेहोर्नु पर्यो : नेपाल नागरिक उड्डयन प्राधिकरण बन्दाबन्दीका कारण उड्डयन क्षेत्रमा दस अर्बको नोक्सानी बेहोर्नु पर्यो : नेपाल नागरिक उड्डयन प्राधिकरण दीप संञ्चार साउन २६, २०७७ गते ८:०६ मा प्रकाशित काठमाडौं – कोभिड–१९ सङ्क्रमण रोकथामस्वरूप जारी गरिएको बन्दाबन्दीका कारण नेपालको उड्डयन क्षेत्रले ठूलो नोक्सानी बेहोर्नु परेको छ । चैत ११ गतेदेखि असार अन्तिमसम्म जारी बन्दाबन्दीका कारण यो क्षेत्रले करिब साढे १० अर्ब रुपियाँ नोक्सान बेहोर्नु परेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।प्राधिकरणले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष ०७६/७७ को वार्षिक प्रगति विवरण अनुसार प्राधिकरणको आम्दानी साढे चार अर्ब रुपियाँले घटेको छ । गत आवमा नियमित र विमानस्थल विकास शुल्कबापत १० अर्ब ५४ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेकोमा बन्दाबन्दीका कारण प्राधिकरणको आम्दानी पाँच अर्ब ९६ करोडमा सीमित भएको छ । यो प्राधिकरणको लक्ष्यभन्दा ४३ प्रतिशतले कम हो ।प्राधिकरणले गत आवमा अवतरण, पार्किङ, नेभिगेसन, भाडाजस्ता शुल्कबाट गर्ने नियमित आम्दानी चार अर्ब ६१ करोड रुपियाँ पुगेको छ । जब कि यी शीर्षकबाट प्राधिकरणले आठ अर्ब ३३ करोड १३ लाख रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको थियो । त्यस्तै विमानस्थल विकास शुल्कबापत प्राधिकरणले एक अर्ब ३४ करोड ७७ लाख आम्दानी गरेको छ । यो शीर्षकमा प्राधिकरणले दुई अर्ब २१ करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य तय गरेको थियो ।प्राधिकरणबाहेक वायुसेवा कम्पनीको आम्दानी निकै खुम्चिएको प्रक्षेपण नियामक निकायले गरेको छ । वायुसेवा कम्पनीले बन्दाबन्दीका कारण छ अर्ब रुपियाँ आम्दानी गुमाएको प्रक्षेपण प्राधिकरणको छ । प्राधिकरण र वायुसेवा कम्पनी समेतको नोक्सानी गरेर उड्डयन क्षेत्रले करिब साढे १० अर्ब रुपियाँ गुमाएको पाइएको हो ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप