गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ नेपाल आदिवासी जनजाति महासंघ युएईले २६ औं बिश्व आदिवासी जनजाति दिवस जुम भर्चुअल भिडियो कन्फरेन्स गरि मनायो नेपाल आदिवासी जनजाति महासंघ युएईले २६ औं बिश्व आदिवासी जनजाति दिवस जुम भर्चुअल भिडियो कन्फरेन्स गरि मनायो सुर्य बहादुर खवास साउन २५, २०७७ गते २०:४० मा प्रकाशित युएई – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईले २६ औं विश्व आदिवासी दिवस जुम भर्चुअल भिडियो कन्फरेन्स मार्फत शुभकामना आदान प्रदान गरि मनाएको छ ।विगत वर्षहरुमा आदिवासी जनजातिहरुको संस्कृति झल्कने जातिय भेषभुषा, झाँकी र विविध सांस्कृतिक कार्यक्रम सहित भब्य रुपमा मनाउदै आएको कार्यक्रम यो वर्ष भने विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरसका कारण जुम भर्चुअल भिडियो कन्फरेन्स मार्फत शुभकामना आदान प्रदान गरि मनाइएको हो ।शुभकामना आदानप्रदान गर्ने क्रममा वक्ताहरुले आदिवासी जनजातिहरुको पहिचान, हक, अधिकार अझैै प्राप्त हुन नसकेका बताउदै आदिवासी जनजातिका कला, संस्कृति, परम्परागत सिप, भाषा, धर्म तथा पहिचानको संरक्षणको लागि निरन्तर लाग्नु पर्ने धारणा रोखेका थिए ।नेफिन युएईका अध्यक्ष श्री महेश मोक्तानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेफिन युएई संरक्षण समितिका अध्यक्ष, निवर्तमान अध्यक्ष एवं एनआरएनए युएईका उपाध्यक्ष पासाङ शेर्पा, नेफिन युएई प्रशिक्षण बिभाग प्रमुख एवं पुर्व अध्यक्ष डेर राज गुरुङ, नेफिन युएई संरक्षण समितिका सदस्य एवं नेवाःपुचः युएईका प्रमुख संरक्षक तथा भुपु अध्यक्ष प्रमोद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) युएईका वरिष्ठ उपाध्यक्ष बिजया लक्ष्मी राई, नेफिन सदस्य खोरबाबु महतो र कृष्ण चौधरीको समेत सहभागीता रहेको जुम भर्चुअल भिडियो कन्फरेन्स कार्यक्रममा महासचिव कुमार बलामीले नेफिन युएईको तर्फबाट शुभकामना व्यक्त गर्दै सहभागी सम्पुर्णलाई धन्यवाद ज्ञापन गरेका थिएक्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप