गृहपृष्ठ ∕ ग्लोबल ∕ कोरोना संक्रमितको उपचारमा खटिएका पोर्चुगलका ४ हजार १९५ स्वास्थ्यकर्मीलाई कोराना संक्रमण कोरोना संक्रमितको उपचारमा खटिएका पोर्चुगलका ४ हजार १९५ स्वास्थ्यकर्मीलाई कोराना संक्रमण जीएनएन साउन २४, २०७७ गते २०:५८ मा प्रकाशित पोर्चुगल – पोर्चुगलमा कोरोना संक्रमितहरूको उपचारमा खटिएका ४ हजार १ सय ९५ जना स्वास्थ्यकर्मीहरु नै संक्रमित भएको तथ्यांक स्वास्थ्य महानिर्देशनालायले सार्वजनिक गरेको छ।संक्रमित स्वास्थ्यकर्मीहरूमा ५ सय ५३ जना डाक्टर, एक हजार २ सय ८९ जना नर्स, एक हजार २ सय २७ जना अप्रेशन असिस्टेन्ट र १ सय ६६ जना टेक्निकल असिस्टेन्ट रहेका छन्।अझै पनि ६ सय ३६ जना स्वास्थ्यकर्मीहरू संक्रमित रहेको र उनीहरूको उपचार भइरहेको स्वास्थ्य महानिर्देशनालयले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको छ।संक्रमित स्वास्थकर्मीहरूमध्ये ३ हजार ५ सय ५९ जना रिकभर भइसकेको स्वास्थ्य महानिर्देशनालयको तथ्याकमा उल्लेख छ।स्वास्थ्य महानिर्देशनालयका अनुसार पछिल्लो २४ घन्टामा कोरोनाका २१३ जना नयाँ संक्रमितहरुको पुष्टी भएको छ। ३ जनाले ज्यान गुमाएका छन्। मृतकहरुमध्ये २ जना उत्तरी क्षेत्रमा र एक जना लिस्बनमा रहेका छन्।पोर्चुगलमा कोरोना संक्रमण शुरु भएयता १ हजार ७ सय ४३ जनाले ज्यान गुमाएका छन्। कुल संक्रमितको संख्या ५२ हजार ६१ पुगेको छ।कोरोनाकै कारण अस्पतालमा भर्ना भएकाहरूको संख्या ३ सय ६९ रहेको छ। जुन अघिल्लो दिनको तुलनामा १५ ले कम हो। संक्रमितहरूमध्ये ४२ जनाको आइसियुमा उपचार भइरहेको छ।अहिलेसम्म उपचार पश्चात ३७ हजार ८ सय ४० जना निको भइसकेका छन्। एक हजार ३ सय १७ जनामा कोरोनाको लक्षण देखिएपछि स्वास्थ्य परीक्षण भइसकेको र नतिजाको पर्खाईमा छन्।पोर्चुगलमा घरबाहिर बन्द सार्वजनिक स्थानहरूमा मास्कको प्रयोग अनिवार्य गरिएको छ। लिस्बन महानगरपालिकाभित्र बढीमा १० जना र पोर्चुगलको प्रमुख भूगोलमा बढीमा २० जना मात्रै भेला हुनसक्ने गरी सरकारले प्रतिबन्ध लगाएको छ।क्याटेगोरी : ग्लोबल, समाचारट्याग : #breaking, #corona तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट