गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बारेकोटका पहिरो पीडितलाई अमेरिका स्थित नेपालीहरुको संस्था नासो कम्युनिटीबाट सहयोग बारेकोटका पहिरो पीडितलाई अमेरिका स्थित नेपालीहरुको संस्था नासो कम्युनिटीबाट सहयोग जीएनएन साउन २५, २०७७ गते १९:१८ मा प्रकाशित अमेरिका – गत असार २५ गतेको अविरल वर्षातका कारण पहिरोले घर नै पुरेपछि आफन्त गुमाएका बारेकोट गाउँपालिका –४ सार्की टोलका २ परिवारलाई अमेरिका स्थित नेपालीहरुको संस्था नासो कम्युनिटीले आर्थिक सहयोग गरेको छ । परिवारका सदस्य गुमाउनुका साथै घरबास नै नभएर विपत्तीमा परेका किशन सार्की र तुल बहादुर सार्कीका परिवारलाई प्रति परिवार ५५ हजार सात सय ७८ रुपियाँका दरले कूल एक लाख ११ हजार पाँच सय ५६ रुपैयाँ सहयोग गरिएको हो ।नासो कम्युनिटीका सल्लाहकार प्रकाश नेपाल लगायतको टोलीले पठाएको उक्त रकम शुक्रबार बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहले पीडितलाई हस्तान्तरण गरे । सहयोग रकम पाएपछि पीडित परिवारले राहतको महशुस गर्दै खुसी व्यक्त गरेका छन् । सहयोगका लागि गाउँपालिका अध्यक्ष शाहले नासो कम्युनिटी र सम्बद्ध सबैलाई धन्यवाद दिए ।यस्तै विपत्तीमा परेकाहरुको सहयोगका लागि आफूहरुले खाजा खर्च रकम कटाएर बचत गर्ने गरेको र सोही रकमबाट बारेकोटका पहिरो पीडितलाई सहयोग गरेको नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्माले बताए । बाढी पहिरोमा परेर विस्थापित भएका अन्य परिवारलाई समेत सहयोग गर्ने चाहना भएपनि सीमित स्रोतले गर्दा मृतकका परिवारलाई मात्र रकम उपलब्ध गराउन सकिएको नासो कम्युनिटी अमेरिकाले जनाएको छ ।उक्त पहिरोमा परी किशन सार्कीका बुवा, बहिनी र भाइले ज्यान गुमाएका थिए भने आमाको अझै सम्म लास समेत भेट्टिएको छैन । त्यस्तै पहिरोमा परेर तुल बहादुर सार्कीको श्रीमति, २ छोरी र १ छोराले ज्यान गुमाएका थिए भने किशनको घरमा पाहुना आएका कुशे गाउँपालिका –९ चौराटा जाजरकोटका ४ जनाको समेत मृत्यु भएको थियो ।अहिले मृतकका परिवारका साथै पहिरोको जोखिममा रहेका अरु परिवारकाहरु समेत जंगलमा पाल टाँगेर बस्न बाध्य भएका छन् ।क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारकतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउनेकटारीमा नातिले खुकुरी प्रहार गरी हजुरआमाको हत्याछात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपल पक्राउनव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट बाग्लुङ समाज आयरल्यान्डद्वारा दृष्टिविहिन दाजुभाइलाई सहयोग युक्रेनको मारिओपोल सहरमा २०० शव फेला कतार रहेका नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु (फोटो फिचर सहित) कतारमा जुन १ देखि बाहिर घाममा काम लगाउन नपाउने कटारीमा नातिले खुकुरी प्रहार गरी हजुरआमाको हत्या छात्रालाई बलात्कार गरी फरार रहेका प्रिन्सीपल पक्राउ कतारमा प्लास्टिक झोलाको प्रयोगमा रोक नव–निर्वाचित जनप्रतिनिधिहरुलाई लमजुङ सेवा समाज कतारको बधाई तथा शुभकामना