गृहपृष्ठ ∕ ग्लोबल ∕ अमेरिका ∕ बारेकोटका पहिरो पीडितलाई अमेरिका स्थित नेपालीहरुको संस्था नासो कम्युनिटीबाट सहयोग बारेकोटका पहिरो पीडितलाई अमेरिका स्थित नेपालीहरुको संस्था नासो कम्युनिटीबाट सहयोग जीएनएन साउन २५, २०७७ गते १९:१८ मा प्रकाशित अमेरिका – गत असार २५ गतेको अविरल वर्षातका कारण पहिरोले घर नै पुरेपछि आफन्त गुमाएका बारेकोट गाउँपालिका –४ सार्की टोलका २ परिवारलाई अमेरिका स्थित नेपालीहरुको संस्था नासो कम्युनिटीले आर्थिक सहयोग गरेको छ । परिवारका सदस्य गुमाउनुका साथै घरबास नै नभएर विपत्तीमा परेका किशन सार्की र तुल बहादुर सार्कीका परिवारलाई प्रति परिवार ५५ हजार सात सय ७८ रुपियाँका दरले कूल एक लाख ११ हजार पाँच सय ५६ रुपैयाँ सहयोग गरिएको हो ।नासो कम्युनिटीका सल्लाहकार प्रकाश नेपाल लगायतको टोलीले पठाएको उक्त रकम शुक्रबार बारेकोट गाउँपालिका अध्यक्ष महेन्द्र बहादुर शाहले पीडितलाई हस्तान्तरण गरे । सहयोग रकम पाएपछि पीडित परिवारले राहतको महशुस गर्दै खुसी व्यक्त गरेका छन् । सहयोगका लागि गाउँपालिका अध्यक्ष शाहले नासो कम्युनिटी र सम्बद्ध सबैलाई धन्यवाद दिए ।यस्तै विपत्तीमा परेकाहरुको सहयोगका लागि आफूहरुले खाजा खर्च रकम कटाएर बचत गर्ने गरेको र सोही रकमबाट बारेकोटका पहिरो पीडितलाई सहयोग गरेको नासो कम्युनिटीका अध्यक्ष गोपाल विश्वकर्माले बताए । बाढी पहिरोमा परेर विस्थापित भएका अन्य परिवारलाई समेत सहयोग गर्ने चाहना भएपनि सीमित स्रोतले गर्दा मृतकका परिवारलाई मात्र रकम उपलब्ध गराउन सकिएको नासो कम्युनिटी अमेरिकाले जनाएको छ ।उक्त पहिरोमा परी किशन सार्कीका बुवा, बहिनी र भाइले ज्यान गुमाएका थिए भने आमाको अझै सम्म लास समेत भेट्टिएको छैन । त्यस्तै पहिरोमा परेर तुल बहादुर सार्कीको श्रीमति, २ छोरी र १ छोराले ज्यान गुमाएका थिए भने किशनको घरमा पाहुना आएका कुशे गाउँपालिका –९ चौराटा जाजरकोटका ४ जनाको समेत मृत्यु भएको थियो ।अहिले मृतकका परिवारका साथै पहिरोको जोखिममा रहेका अरु परिवारकाहरु समेत जंगलमा पाल टाँगेर बस्न बाध्य भएका छन् ।क्याटेगोरी : समाचार, अमेरिकाट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट