Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठग्लोबलबङ्लादेशका ११ राष्ट्रिय फुटबल खेलाडी कोरोनाबाट संक्रमित

बङ्लादेशका ११ राष्ट्रिय फुटबल खेलाडी कोरोनाबाट संक्रमित


बङ्लादेश – बङ्लादेशका ११ जना राष्ट्रिय फुटबल खेलाडीलाई कोरोनाभाइरसको संक्रमण भएको पुष्टि गरिएको छ।

सन् २०२२ मा हुने विश्वकप फुटबलका लागि छनौट हुन खेलाइने खेलमा सहभागी हुनुपूर्व परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको हो।

‘परीक्षण गर्नुपूर्व ती कुनै पनि खेलाडीमा कोरोना भाइरसको लक्षण देखिएको थिएन, तर परीक्षणबाट उनीहरुमा संक्रमण भएको पुष्टि भएको हो,’ बङ्लादेश फुटबल महासंघका महासचिव अबु नयीम शोहङले शुक्रबार भने।

बङ्लादेशमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ती मध्ये तीन हजार तीनसयभन्दा बढीको मृत्यु भएको छ।


क्याटेगोरी : ग्लोबल, समाचार
ट्याग : #breaking, #corona

तपाईको प्रतिक्रिया दिनुहोस