गृहपृष्ठ ∕ समाचार ∕ २०२१ मा भारत र २०२२ मा अस्ट्रेलियामा टी-२० विश्वकप २०२१ मा भारत र २०२२ मा अस्ट्रेलियामा टी-२० विश्वकप एजेन्सी साउन २३, २०७७ गते २२:१३ मा प्रकाशित भारत – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले सन् २०२१ को टी-२० विश्वकप भारतमा गर्ने निर्णय गरेको छ।आइसिसीको बोर्ड बैठकले शुक्रबार एक वर्षपछि भारतमा विश्वकप गर्ने निर्णय गरेको हो।यस्तै २०२२ को टी-२० विश्वकप अस्ट्रेलियामा हुनेछ।आइसिसीले न्युजिल्यान्डमा सन् २०२१ हुने तय महिला विश्वकप २०२२ सम्मका लागि सारेको छ।यसअघि आइसिसीले साउन पहिलो साता सन् २०२० मा तय पुरुष टी-२० विश्वकप स्थगित गर्ने निर्णय गरेको थियो। कोरोना भाइरस कारण स्थगित टी-२० विश्वकप आगामी अक्टोबर-नोभेम्बरमा अस्ट्रेलियामा हुने तय थियो।आइसिसीले २०२० मा टी-२० विश्वकप स्थगित गर्ने निर्णय गर्दै सन् २०२१ को अक्टोबर-नोभेम्बरमा गर्ने बताएको थियो। यस्तै २०२१ को विश्वकप सारेर २०२२ को अक्टोबर-नोभेम्बरमा अर्को टी-२० विश्वकप गर्ने निर्णय गरिए पनि भेन्यू तय भएको थिएन।सन् २०२३ को एकदिवसीय विश्वकप भारतमा हुने तय भएकाले आइसिसीले एक वर्ष ग्याप राख्दै २०२१ को विश्वकप भारतमा गर्ने निर्णय गरेको हो।अब २०२१ मा भारत हुने विश्वकपमा २०२० मा छनोट भएका टिमले खेल्नेछन्। २०२२ मा अस्ट्रेलियामा हुने विश्वकपका लागि नयाँ छनोट गरिनेछ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप