Techie IT
×
गृहपृष्ठसमाचारस्वास्थ्य सामाग्री बाड्दै खुम बहादुर खड्काका छोरा “ अनुराग ”

स्वास्थ्य सामाग्री बाड्दै खुम बहादुर खड्काका छोरा “ अनुराग ”


दाङ्ग — नेपाली कांग्रेसका नेता तथा पूर्वमंत्री स्वर्गीय खुमबहादुर खड्काका छोरा अनुराग खड्काद्वारा लमही नगरपालिका भित्र रहका स्वास्थ्य सँस्था, प्रहरी, खानेपानी, बिधुत, पत्रकार लगायतलाई स्वास्थ्य सामाग्री वितरण गरेका छन ।

यसै बीच शुक्रवार लमही स्थित् राप्ती आँखा अस्पताललाई पनि एक थर्मल गण सहित स्वास्थ्य सामाग्री प्रदान गरिएको छ। नेपाल सहित देशैभर कोरोना भाइरस कोभिड १९ ले जनमानसमा सन्त्रास फैलाईरहेका बेला उक्त महामारीबाट जनतालाई सुरक्षित राख्नका लागि करिब बाह्र लाख बराबरका स्वास्थ्य सामाग्री लिएर काठमाण्डौ देखि आफ्नो गृह जिल्ला दाङ आएका अनुराग खड्काले केहि दिन यता देउखुरीका बिभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै आएका छन् ।

उनले स्वास्थ्य सामाग्री स्वास्थ्यकर्मी, देउखुरीका विभिन्न पालिका, सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मी, खानेपानीमा कार्यरत कर्मचारी, बिधुत कार्यालय, स्थानिय र पत्रकारलाई हस्तान्तरण गरिएको खड्काले बताए । फ्रन्टलईनामा रहेर जनताको सेवाका लागि खटिने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी र पत्रकारलाई पहिलो प्रथामिकतमा राखेर स्वास्थ्य सामाग्री वितरण गरेको बताउदै खड्काले समुदाय स्तरमा बस्नेलाई सुरक्षित रहन आग्रह गरेका छन् ।

अहिले कोरोना भाइरस कोभिड १९ समुदायमा फैलिरहेको अवस्था पनि छ । यो अवस्थालाई मध्यनजर गर्दै, दाङमा कोरोना भाइरसबाट बाँच्न र बच्नको लागि निशुल्क स्वास्थ्य सामाग्री वितरण अभियान सुरु गरिएको हो । खड्काले स्यानिटाईजर, थर्मलगन, सर्जिकल मास्क, विश्व स्वास्थ्य सङठनद्वारा मान्यता प्राप्त लायन्स क्लबको लोगो भएको पि.पि, हातधुने साबुन, फेस सिल बाडिएको छ ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य योगेन्द्र चौधरी, जिल्ला सदस्य शुरेन्द्र खड्का, क्षेत्रीय सभापती भेषराज पाण्डे, महासमिति सदस्य जानकीलाल बस्नेत, मधु न्यौपाने, रेशम बहादुर खड्का, घनश्याम सुबेदी, अनुराग यादब, कर्णबहादुर बुढाथोकी, शरद बुढाथोकी लगायतका नेताहरुको उपस्थितिमा ति स्वास्थ्य सामाग्री वितरण गरिदै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस