गृहपृष्ठ ∕ समाचार ∕ बाँकेमा ७ कैदी र ६ प्रहरीमा कोरोना पुष्टि भएसंगै लम्बियो निषेधाज्ञा बाँकेमा ७ कैदी र ६ प्रहरीमा कोरोना पुष्टि भएसंगै लम्बियो निषेधाज्ञा दीप संञ्चार साउन २०, २०७७ गते २२:०० मा प्रकाशित बाँके – बाँकेमा थप ७ जना कैदी र ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।मंगलबार जिल्ला कारागार बाँकेका ७ जना कैदी–बन्दीमा कोरोना संक्रमण फेला परेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिए।बाँके कारागारमा झन्डै ८ सयको हाराहारीमा कैदी बन्दी रहेको प्रजिअ कुरुम्वाङले बताए। ‘कारागार भित्रका अरु कैदी बन्दीलाई पनि कोरोना फैलिएको आशंका गर्ने आधारहरु देखिएका छन्,’ कुरुम्वाङले भने ‘ कारागारभित्रका सबै ८ सयको पिसिआर परीक्षण गरिने छ।’उनले वडा प्रहरी कार्यालय नेपालगन्ज बाँकेमा ६ जना प्रहरीलाई समेत कोरोना संक्रमण देखिएको जानकारी दिए।सात जना प्रहरीको पिसिआर विधिबाट परीक्षण गर्दा ६ जनाको रिपोट पोजेटिभ आएकोले सावधानी अपनाइएको प्रजिअ कुरुम्वाङले बताए। वडा प्रहरी कार्यालयका ६ प्रहरी कर्मचारीमा कोरोना संक्रमण भेटिएपछि वडा कार्यालयको आवात–जावत बन्द गरिएको छ ।४ दिन लम्ब्याइयो निषेधाज्ञाबाँकेमा जारी निषेधाज्ञा थप गरिएको छ। जिल्ला संकट ब्यवस्थापन समितिको बैठकले आगामी शनिबार मध्य रातिसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको प्रजिअ कुरुम्वाङले बताए।यसअघि समुदायमा कोरोना संक्रमन फैलिएको पुष्टि भएपछि साउन १५ गतेको बैठकले आइतबारदेखि मंगलबार राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप