गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ मलेसियामा नेपाली सुरक्षा गार्डलाई निर्मम कुटपिटमा संलग्न पीडक र पीडित दुवै नेपाली भएको खुलासा मलेसियामा नेपाली सुरक्षा गार्डलाई निर्मम कुटपिटमा संलग्न पीडक र पीडित दुवै नेपाली भएको खुलासा एजेन्सी साउन १९, २०७७ गते १९:१७ मा प्रकाशित काठमाडौं – नेपालीले नेपालीलाई नै कुटपीट गरेको खुलासा भएको छ । केही दिनअघि मलेसियामा एक नेपाली सुरक्षा गार्डलाई निर्मम कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।सामाजिक सञ्जालमार्फत उक्त भिडियो सार्वजनिक भएपछि त्यस्तो हर्कत गर्ने व्यक्ति को थिए ? भन्ने प्रश्नसँगै सो भिडियो भाइरल भएको थियो । भिडियो सार्वजनिक भएपछि मलेसियास्थित नेपाली दूतावासको सक्रियतामा पीडित र पीडक दुवैलाई खोजी गर्दा पीडक र पीडित दुवै नेपाली भएको खुलासा भएको हो ।दूतावासले सोमबार एक विज्ञप्ति जारी गर्दै दुवैजना व्यक्ति नेपाली नागरिक नै भएको पुष्टि भएको जनाएको छ । ‘दुवैजना व्यक्तिहरु नेपाली नागरिक भएको कुरा पुष्टि भएको छ । पीडित ईस्लाम हुसेन नवलपरासी जिल्ला र पीडक राम गोपाल मुराउ कपिलबस्तु जिल्लाका स्थायी बासिन्दा हुन्’ दूतावासको विज्ञप्तिमा भनिएको छ । मलेसियाको अध्यागमन कानून अनुसार पीडक र पीडित दुवैजना मलेसियामा अवैधानिक अवस्थामा रहेको पनि खुलेको छ ।दूतावासका अनुसार निजहरुका अनुसार भिडियोमा देखिएको घटना ७ जुलाई २०२० को विहान करिव १० बजे तिर क्वालालम्पूरमा रहेको एम ३ मलमा भएको हो ।उनीहरुमध्ये पीडित सेक्युरिटी गार्ड र पीडक सुपरभाईजरको रुपमा कार्यरत रहेका थिए । राजदूतावासको सम्पर्कमा आएका दुवै जनाले उक्त भिडियोमा देखिने पात्र आफूहरु नै रहेको कुरा स्वीकार गरेका छन् । राम गोपाल मुराउ सोमबार नै स्वेच्छाले मलेसियन प्रहरी समक्ष उपस्थित भएका छन् । ‘यस सम्बन्धमा थप अनुसन्धान क्वालालम्पूरको वाङ्सामाजु स्थित प्रहरी स्टेशनले गर्नेछ’, दूतावासले भनेको छ ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमोटरसाइकल दुर्घटना हुँदा एक इञ्जीनियरको मृत्युसर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्नेएकैदिन १ हजार १२८ कोरोना संक्रमित थपिदा, १४ को मृत्युतुलसीपुरको चप्पल गोदाममा भीषण आगलागी हुँदा पाँच जनाको मृत्युु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट बेलायतले पोल्याण्डमा थप ३५० सेना तैनाथ गरेको पुष्टि निर्वाचन आयोगले फागुन १ देखि दैनिक पत्रकार सम्मेलन गर्ने काँग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने चार देशीय टी–२० सिरिज : ओमानले नेपाललाई दियो मध्यम लक्ष्य मोटरसाइकल दुर्घटना हुँदा एक इञ्जीनियरको मृत्यु सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने एससीसीलाई छिट्टो निकास दिनुपर्छः डा. कोइराला बन्दुकधारीद्वारा लिबियाका प्रधानमन्त्रीको गाडीमा आक्रमण