गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सामाग्री बोकेर दाङ्ग आई पुगे स्वर्गीय नेता खड्काका छोरा अनुराग स्वास्थ्य सामाग्री बोकेर दाङ्ग आई पुगे स्वर्गीय नेता खड्काका छोरा अनुराग प्रिया स्मृती गजमेर साउन १८, २०७७ गते १९:१७ मा प्रकाशित दाङ – नेपाली कांग्रेसका नेता तथा पूर्व मंत्री स्वर्गीय खुम बहादुर खड्काका सुपुत्र अनुराग खड्काले स्वास्थ्य सामाग्री लिएर दाङ आईपुगेका छन् । देशैभर कोरोनाले आम जनमानसमा सन्त्रास फैलाईरहेका बेला उक्त महामारीबाट जनतालाई सुरक्षित राख्नका लागि ति सामाग्री लिएर काठमाण्डौ देखि आफ्नो गृह जिल्ला दाङ आएको अनुरागले बताए ।स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई बाडिने भएको छ । फ्रन्टलईनामा रहेर जनताको सेवाका लागि खटिने भएकोले ति स्वास्थ्य सामाग्री सबै भन्दा पहिले उनीहरुलाई बाडिने भएको हो । अन्य समुदाय स्तरमा बस्नेलाई सुरक्षित रहन पनि अनुरागले आग्रह गरेका छन् ।अनुरागले एक हजार आठ सय पिस स्यानिटाइजर, एक हजार एक सय थान सर्जिकल मास्क, विश्व स्वास्थ्य सङठनद्वारा मान्यता प्राप्त लायन्स क्लबको लोगो भएको २८ थान पिपि ( सम्भु प्रसाद घिमिरे द्वारा सहयोग ) हात धुने साबुन ९ सय पिस, फेस सिल १ सय पिस ज्वरो नाप्ने थर्मल गन २१ पिस साथमा लिएर आएका छन् । थर्मल गण र पीपी सेट मानिसको अत्याधिक भिडभाड हुने वडा कार्यालय, स्वास्थ्य कार्यालयमा प्रदान गरिने भएको छ ।नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा देउवा, नेपाली कांग्रेसका नेता तथा पूर्व मंत्री एन पि साउदकी श्रीमती जोत्सना साउद र नेपाली कांग्रेसका नेता तथा पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत लगायतको सहयोगमा ति स्वास्थ्य सामाग्री उपलब्ध भएको स्वर्गीय नेता खड्काका सुपुत्र अनुरागले बताए ।केहि समय अघि नै दाङ्ग आउने मनसाय भएपनि लक्डाउनका कारण आउन नसकेको बताउदै अनुरागले जिल्लावासीको सहयोगका लागि सधै तत्पर भएको बताए । बुवाको निधन भए पनि उहाँले देखाएको र सिकाएको पथलाई आत्मसाथ गर्दै अघि बढ्नेछु अनुरागले भने । हिमाल पहाड तराई कोइ छैन पराई भन्ने भनाईलाई पछ्याउदै सबै जनता आफ्नो लागि अत्यन्तै आवश्यक भएको उनको भनाई छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारइन्टरनेट सेवा प्रदायक संघको चेतावनी : जुनसुकै बेला जहाँसुकै इन्टरनेट…१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउपोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रद्दभ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने पाँच जना… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८कतार च्यारिटीद्वारा नेपालमा आठ वटा एम्बुलेन्स सहयोग ताजा अपडेट इन्टरनेट सेवा प्रदायक संघको चेतावनी : जुनसुकै बेला जहाँसुकै इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ तपाईंले चमत्कार गर्नुभयो, म खुसी छु, पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ :प्रधानमन्त्री देउवा दक्षिण कोरियामा स्थानीय र संसदीय प्रतिनिधिका लागि मतदान १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा एक वृद्ध पक्राउ नेपाली जनसम्पर्क समिति कतारको १५ औँ स्थापना दिवस सम्पन्न पोखरा विमानस्थलमा तेलको ट्याङ्कर पल्टिँदा विमानस्थलबाट हुने सबै उडान रद्द भ्रमण भिसामा नेपालबाट दुबई पठाई करोडौँ ठगी गर्ने पाँच जना पक्राउ हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारमा प्रतिबन्धित लागुपदार्थ १०.३० केजी बरामद