गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य सामाग्री बोकेर दाङ्ग आई पुगे स्वर्गीय नेता खड्काका छोरा अनुराग स्वास्थ्य सामाग्री बोकेर दाङ्ग आई पुगे स्वर्गीय नेता खड्काका छोरा अनुराग प्रिया स्मृती गजमेर साउन १८, २०७७ गते १९:१७ मा प्रकाशित दाङ – नेपाली कांग्रेसका नेता तथा पूर्व मंत्री स्वर्गीय खुम बहादुर खड्काका सुपुत्र अनुराग खड्काले स्वास्थ्य सामाग्री लिएर दाङ आईपुगेका छन् । देशैभर कोरोनाले आम जनमानसमा सन्त्रास फैलाईरहेका बेला उक्त महामारीबाट जनतालाई सुरक्षित राख्नका लागि ति सामाग्री लिएर काठमाण्डौ देखि आफ्नो गृह जिल्ला दाङ आएको अनुरागले बताए ।स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई बाडिने भएको छ । फ्रन्टलईनामा रहेर जनताको सेवाका लागि खटिने भएकोले ति स्वास्थ्य सामाग्री सबै भन्दा पहिले उनीहरुलाई बाडिने भएको हो । अन्य समुदाय स्तरमा बस्नेलाई सुरक्षित रहन पनि अनुरागले आग्रह गरेका छन् ।अनुरागले एक हजार आठ सय पिस स्यानिटाइजर, एक हजार एक सय थान सर्जिकल मास्क, विश्व स्वास्थ्य सङठनद्वारा मान्यता प्राप्त लायन्स क्लबको लोगो भएको २८ थान पिपि ( सम्भु प्रसाद घिमिरे द्वारा सहयोग ) हात धुने साबुन ९ सय पिस, फेस सिल १ सय पिस ज्वरो नाप्ने थर्मल गन २१ पिस साथमा लिएर आएका छन् । थर्मल गण र पीपी सेट मानिसको अत्याधिक भिडभाड हुने वडा कार्यालय, स्वास्थ्य कार्यालयमा प्रदान गरिने भएको छ ।नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा पत्नी आरजु राणा देउवा, नेपाली कांग्रेसका नेता तथा पूर्व मंत्री एन पि साउदकी श्रीमती जोत्सना साउद र नेपाली कांग्रेसका नेता तथा पूर्व संचारमन्त्री मोहन बहादुर बस्नेत लगायतको सहयोगमा ति स्वास्थ्य सामाग्री उपलब्ध भएको स्वर्गीय नेता खड्काका सुपुत्र अनुरागले बताए ।केहि समय अघि नै दाङ्ग आउने मनसाय भएपनि लक्डाउनका कारण आउन नसकेको बताउदै अनुरागले जिल्लावासीको सहयोगका लागि सधै तत्पर भएको बताए । बुवाको निधन भए पनि उहाँले देखाएको र सिकाएको पथलाई आत्मसाथ गर्दै अघि बढ्नेछु अनुरागले भने । हिमाल पहाड तराई कोइ छैन पराई भन्ने भनाईलाई पछ्याउदै सबै जनता आफ्नो लागि अत्यन्तै आवश्यक भएको उनको भनाई छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट