Techie IT
×
गृहपृष्ठसमाचारअनियमितता गर्ने सबैलाई कारबाही होस्: नगरप्रमुख पाण्डे

अनियमितता गर्ने सबैलाई कारबाही होस्: नगरप्रमुख पाण्डे


तुलसीपुर – तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई स्रोत नखुलेको अस्वाभावि रकम सहित अख्तियारको टोलिले पक्राउ गरेको घटनाप्रति नगर प्रमुख घनश्याम पाण्डेले गम्भिर ध्यानाकर्षण भएको वताएका छन् ।

निर्वाचित भएर आएदेखि नै भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति अनुसार काम गरिरहेकोमा अचानक प्रमुख प्रशासकीय अधिकृत जस्तो व्यक्तिबाट स्रोतविहिन मोटो रकम जफत हुनु दुखदायी कुरा भएको समेत उनले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

‘राज्य या सर्वसाधारण जनताबाट कसैले पनि कुनै बहानामा अनियमितता गरेर रकम लिनुहुँदैन भन्ने हाम्रो दृष्टिकोण र प्रतिवद्धता हो । उपमहानगरपालिमा हामी आएको यो ३ वर्षका विचमा हामीले कुुनै पनि भ्रष्टाचारजन्य घटनाको सामना गर्नुपरेको थिएन । हाम्रो सजगता, संयमता र सतर्कताका विचमा पनि भएको यो घटनाले हामीलाई निकै दुखी र आश्चर्यचकित तुल्याएको छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

नगर प्रमुख पाण्डेले यसप्रकारका अन्य घटनामा कोही कर्मचारी, सेवाग्राही,व्यवसायी या जनप्रतिनिधि जो कोहीको पनि संलग्नता देखिए आवश्यक छानविन र कारबाहीका लागि अनुरोधका साथै सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

विज्ञप्ती जस्ताको तस्तै :

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णकान्त उपाध्यायलाई मिति २०७७ साउन १६ गतेका दिन घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौ जाँदै गर्दा नाँगढुंगाबाट पक्राउ गरेको खबरप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।

तुलसीपुर उपमहानगरपालिकामा हामी निर्वाचित भएर आएदेखि नै भ्रष्टाचारमा शुन्य सहनशिलताको नीति अनुसार काम गरिरहेका छाै ।यस उपमहानगरपालिकामा कोही कसैबाट अख्तियार दुरुपयोग गरेर भ्रष्टाचार र अनियमितता गरेको पाइएमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सूचना गर्नका लागि हामीले निरन्तर सर्वसाधारणलाई सूचना समेत दिदै आएका थियौ ।

राज्य या सर्वसाधारण जनताबाट कसैले पनि कुनै बहानामा अनियमितता गरेर रकम लिनुहुँदैन भन्ने हाम्रो दृष्टिकोण र प्रतिवद्धता हो । उपमहानगरपालिमा हामी आएको यो ३ वर्षका विचमा हामीले कुुनै पनि भ्रष्टाचारजन्य घटनाको सामना गर्नुपरेको थिएन । हाम्रो सजगता, संयमता र सतर्कताका विचमा पनि भएको यो घटनाले हामीलाई निकै दुखी र आश्चर्यचकित तुल्याएको छ ।

नगरबासी सबैलाई दुखी बनाउने यसखालको घटनाका बारेमा कुनै पनि आग्रह र पूर्वाग्रह विना नै सत्य तथ्य छानविन भएर दोषिलाई आवश्यक कारबाहीका पूर्ण सहयोगको समेत प्रतिवद्धता व्यक्त गर्दछु । यो र यसप्रकारका अन्य घटनामा कोही कर्मचारी, सेवाग्राही,व्यवसायी या जनप्रतिनिधि जो कोहीको पनि संलग्नता देखिए आवश्यक छानविन र कारबाहीका लागि नगरप्रमुखका हिसाबले मैले कुनै पनि कन्ज्युस्याइ नगरेर सघाउँने कुरा यस प्रेस विज्ञप्ती मार्फत आमसर्वसाधारणमा जानकारी गराउँदछु ।

यसका साथै उपमहानगरपालिकामा हुने कुनैपनि अनियमितताका घटनाका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा यसैगरी जानकारी दिएर उपमहानगरपालिकालाई सुशासनयुक्त स्थानीय तहका रुपमा विकास गर्न आमसर्वसाधारणले यसैगरी सहयोग गर्नुहुन अनुरोध छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking



तपाईको प्रतिक्रिया दिनुहोस