गृहपृष्ठ ∕ ग्लोबल ∕ नेपाली ब्याडिन्टन खेलाडी सानिया चन्दलाई एयर ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक नेपाली ब्याडिन्टन खेलाडी सानिया चन्दलाई एयर ब्याडमिन्टन प्रतियोगितामा स्वर्ण पदक सुर्य बहादुर खवास साउन १६, २०७७ गते २१:५९ मा प्रकाशित युएई – युएईमा जारी “प्रथम खुल्ला एयर ब्याडमिन्टन प्रतियोगिता २०२०” मा सानिया चन्दले महिला एकल तर्फ स्वर्ण पदक जितेकी छन । गत २४ जुलाईबाट शुरु भएको “प्रथम खुल्ला एयर ब्याडमिन्टन प्रतियोगिता २०२०” मा सानियालाई यो सफलता मिलेको हो ।बिहीबार राति काइट बिच दुवईमा भएको फाइनल खेलमा सानियाले आफ्नो प्रतिद्वन्द्वी भारतीय खेलाडी सन्धरा सतिसन् लाई ७-१५, १५-११, र १५-८ को सेट मा सहज जित निकाल्न सफल भएकी थिईन ।सानिया दुवई स्पोर्ट्स काउन्सिलद्वारा आयोजित एयर ब्याडमिन्टन च्याम्पियनसिपको उपाधि जित्ने पहिलो नेपाली खेलाडी समेत बनेकी छिन् । मिक्स डबल्र्समा समेत फाइनलमा प्रवेश गरेको तर अस्वस्थका कारण उपाधि गुमाउने हो कि भन्ने चिन्ता रहेको उनका प्रशिक्षक तथा उनकै काका हिक्मत चन्दले जानकारी गराए । प्रतियोगितमा पुरुष एकल, पुरुष डबल्र्स, महिला एकल र मिक्स डबल्र्सका खेलहरु समावेश गरिएको थियो ।कञ्चनपुर महेन्द्रनगर स्थाई बसोबास भएकि सानिया पछिल्लो समय परिवार सँगै युएईमा बस्तै आएकी छन ।गत वर्ष आयोजना भएको दुवई जुनियर इन्टरनेसनल ब्याडमिन्टन सिरिजमा सानियाले नेपाली युवा स्टार प्रिन्स दाहालसँग मिलेर मिक्स डबल्समा प्रतिस्पर्धा गर्दै कास्य पदक जितेकी थिइन् ।विश्व ब्याडमिन्टन फेडेरेसन (बिडब्लुएफ) ले २०१९ बाट एयर ब्याडमिन्टन प्रतियोगिताको आयोजना गर्न थालेको हो भने युएईमा पहिलोपटक भएको हो । खुल्ला ठाउमा खेलिने यो खेल नेपालमा भने भित्रिसकेको छैन ।यस प्रतियोगितामा नेपाली ब्याडमिन्टन अम्पायर ज्ञानु बरालले अम्पायरिङ गरेकी थिइन् ।क्याटेगोरी : ग्लोबल, समाचार तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ४मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ५दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट