गृहपृष्ठ ∕ समाचार ∕ निरज शाही र प्रधुम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा निरज शाही र प्रधुम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा दीप संञ्चार साउन १२, २०७७ गते २२:४० मा प्रकाशित काठमाडौँ – नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्धय निरज बहादुर शाही र प्रधुम्न कार्की प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाही र कार्कीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । ३२ असारमा गृह मन्त्रालयले रिक्त दुई पदका लागि शाही र कार्कीको नाम सिफारिस गरेको थियो ।हाल शाहीले प्रहरी प्रवक्ताको जिम्मेवारी सम्हालिरहेका थिए भने कार्कीले विशेष ब्युरोको नेतृत्व गरिरहेका थिए । शाही र कार्की अहिलेका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याची हुन् ।यस्तै, सोमबार बसेको मन्त्रीपरिषद बैठकले रेडियो नेपालको महाप्रबन्धकमा बुद्धिबहादुर केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले सहसचिव मधुकुमार मरासिनीलाई सचिवमा बढुवा समेत गरेको छ ।यता राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन् भने उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्किदेउखुरीबाट मोटरसाइकल चोरीहत्या आरोपमा तिन जना पक्राउजनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?-… धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस ८दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ताजा अपडेट कार्ड्स कतारको दोश्रो अधिवेशन हुने, पन्थीको संयोजकत्वमा ५१ सदस्यीय आयोजक समिति गठन विशेष महाधिवेशनको घोषणापत्रमा विवाद, संस्थापन पक्षद्वारा सहमतिको उल्लङ्घन बहत्तर वर्षीय वडाध्यक्ष खड्कालाई शिक्षकद्वारा ज्यान मार्ने धम्कि देउखुरीबाट मोटरसाइकल चोरी सोनापुर सिमेन्टले २ करोड कित्ता साधारण शेयर बिक्री गर्ने हत्या आरोपमा तिन जना पक्राउ नेपाली पुत्र प्रबल गुरुङको डिजाइनमा सजिईन अमेरिकी उप-राष्ट्रपति कमला ह्यारिस जनता र प्रधानमन्त्रीकोे लागि संबिधान फरक फरक छ र ?- केन्द्रिय सदस्य योगेन्द्र चौधरी