गृहपृष्ठ ∕ समाचार ∕ प्रेमिका भेट्न गएका प्रहरी जवानको हत्या : तीन आरोपित पक्राउ प्रेमिका भेट्न गएका प्रहरी जवानको हत्या : तीन आरोपित पक्राउ जीएनएन साउन ८, २०७७ गते २३:०२ मा प्रकाशित सिरहा – गत असार १६ गते सिरहा नगरपालिका १४ खिरौनास्थित नहरको पानीमा एक मृत अवस्थामा फेला परे। केही घण्टापछि शवको पहिचान खुल्यो। उनी थिए, महोतरी सोनमा गाउँपालिका–३ घर भएका सशस्त्र प्रहरी जवान मनोहरकुमार यादव। उनी सशस्त्र प्रहरी नेपाल बोर्डर आउट पोष्ट माडर सिरहामा कार्यरत थिए।मृतक यादव घटना हुने राति सिरहा नगरपालिका–३ मखनाहाका बिन्दी यादवको छोरीको विवाह पुगेका थिए। त्यही विवाहमा उनकी प्रेमिका पनि आएकी थिइन्। प्रेमिकालाई भेट्न त्यस विवाहमा उनी पुगेको प्रहरी स्रोत जनाएको छ। गाउँको केटी र सशस्त्र प्रहरी जवानको प्रेम सम्बन्ध बारे गाउँका केटाले थाहा पाएका थिए।जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी विनोद घिमिरेका अनुसार विवाहमा समान्य विवाद भयो। स्थानीयले सशस्त्र प्रहरी जवानलाई चोर-चोर भनेर लखेटे। गाउँदेखि ३ किलोमिटरसम्म लखेटेर नहरको पानी डुबाई कर्तव्य गरी मारेको खुल्न आएको डिएसपी घिमिरेले बताए।यो घटनामा हालसम्म अनुसन्धान गर्दा हत्या आरोपमा सिरहा नगरपालिका–३ का २५ वर्षीय जयकेशकुमार यादव, २० वर्षीय मंगला भन्ने दिपेशकुमार यादव, २२ वर्षीय बुलना भन्ने मुकेशकुमार यादव पक्राउ परेको डिएसपी घिमिरेले जानकारी दिए।प्रहरीले तीनै जनालाई मंगलबार पक्राउ गरेका थिए। बुधबार जिल्ला अदालतमा अनुसन्धानका लागि ७ दिनको म्याद भएको छ। बिहीबार सार्वजनिक गरेका छन्। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी घिमिरेले सुनाए।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप