Techie IT
×
गृहपृष्ठग्लोबलयूरोपबाढी र पहिरो पीडितलाई सहयोग गर्दै महामानव वि.पी.लाई सम्झियो जन संपर्क समिती आयरल्याण्डले

बाढी र पहिरो पीडितलाई सहयोग गर्दै महामानव वि.पी.लाई सम्झियो जन संपर्क समिती आयरल्याण्डले


आयरल्याण्ड – नेपाली जनसम्पर्क समिती आयरल्याण्डले आज नेपाली राजनितीका शिखर पुरुष, महामानव बिपी कोईरालाको स्मृतीमा बि.पी , समाजवाद र राष्टियता बिषयमा एक अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ।

कोरोना महामारीका कारणले गर्दा भौतिक रुपमा उपस्तिथ भएर कार्यक्रम गर्न असंभव भएकाले प्रबिधीको प्रयोग गर्दै जुम मिटिंगद्वारा बसेको  बैठकले हालैको बाढी र पहिरोका कारण नेपालका विभिन्न ठाउहरुमा पुर्याएको जनधनको क्षती प्रती दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गर्दै वि.पी. कोईरालालाई स्मरण गरेको छ।

नेपाली जनसम्पर्क समिती आयरल्याण्डका पदाधिकारी तथा सल्लाहकार र समितीका साथीहरुले बि.पी ,समाजवाद र बर्तमान नेतृत्व र काग्रेसको आगामी बाटोको बारेमा आ-आफ्ना बिचार ब्यक्त गर्दै महामानव बि.पी कोईरालाको स्मृतीमा उहाँ प्रती हार्दिक श्रदान्जली अर्पण गरेका छन्।

नेपाली जनसम्पर्क समिती आयरल्याण्डका काबा सभापती लक्ष्मी सापकोटाको सभापतित्व र सस्थापक अध्यक्ष एवं गैर आवासीय नेपाली संघ यूरोप उप संयोजक शुक्रराज न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिती आयरल्याण्डका सल्लाहकार एवं गैर आवासीय नेपाली संघका अन्तरर्राष्ट्रीय समिती सदस्य विनोद कार्की , जन संपर्क समितीका सलाहकार एवं एन आर एन आयरल्याण्डका निवर्तमान अधक्ष्य नवराज कोइराला, जन संपर्क समिती आयरल्याण्डका नेता अमृत जोशी , गैर आवासीय नेपाली संघ यू के का उपाध्यक्ष नारायण कंडेल, आयरल्याण्डका कोषाध्यक्ष सुमन गुरुङ , नेपाली समाज बेल्फस्टका पुर्व अध्यक्ष लिलाराम न्नयुरे लगायतका व्यक्ती हरुले वि पीको बारेमा आफ्ना भनाइहरु राखेका थिए ।

उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै प्रमुख अथिति एनआरएन युरोपका उप-संयोजक एवं जनसंपर्क समिती आयरल्याण्डका संस्थापक अध्यक्ष शुक्रराज न्यौपानेले भने वि.पी.को मार्ग निर्देशन खाली कागजको पन्नामा उतार्दैमा मात्र नपुग्ने र वास्तबिक रूपमा सबैले अनुसरण गर्न सकेमा मात्रै पार्टी, देश र जनताले सकरात्मक अनुभुति गर्न सक्ने भन्दै आज ३८ स्मीर्ती दिवससम्म आई पुग्दा पनी वि पी का बिचार हरु अझ समय सान्दर्भिक बन्दै गैरहेको र पार्टीको साखलाई जोगाई राख्ने तर्फ इंग्गीत गर्दै अझ बढ़ी कांग्रेसका नेताहरुले उहाको पदचापलाई पछ्याउनु जरूरी रहेको बताए ।

उक्त कार्यक्रम नेपाली जनसम्पर्क समिती आयरल्याण्डका महामन्त्री प्रकाश सापकोटाले संचालन गरेका थिए  भने कार्यंक्रम लगतै बसेको कार्यसमितीको बैठकले नेपालमा बाढी र पहिरो पीडितको सहयोग स्वरूप पार्टी जिल्ला समिती मार्फत पीडित सम्म पुर्याउने गरी सिन्धुपाल्चोक र म्याग्दी लाई एक-एक लाख रुपया तथा बागलुङ र कास्की लाई पचास / पचास हजार उपलब्ध गराउने निर्णय गरेकोे छ ।


क्याटेगोरी : समाचार, यूरोप
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस