लकडाउन एकैपटक अन्त्य भएकाले संक्रमण दर बढ्नसक्ने विज्ञहरूकाे चेतावनी
काठमाडौं – सरकारले झन्डै चार महिनापछि जारी लकडाउनलाई आज मध्यरातबाट अन्त्य गर्ने निर्णय गरेको छ।
सरकारको उक्त निर्णयप्रति स्वास्थ्य मन्त्रालयका विज्ञ टोली नै असन्तुष्ट रहेका छन्। विज्ञ टोलीका एक सदस्यले भने, ‘हामीले अहिले नै निर्णय गर्नुपर्ने जरुरी थिएन। कम्तीमा दुई-दुई हप्ताको अवस्थाको विश्लेषण गरेर निर्णय गरेको भए धेरै उचित हुन्थ्यो।’
उनले सबैले आ-आफ्नो स्वार्थ अघि सारेका कारण लकडाउन अव्यवस्थित तरिकाले अन्त्य गरिएको जनाए। उनी भन्छन्, ‘पर्यटन व्यवसायी, उद्योगी सबैले आ-आफ्नो स्वार्थ राखे। त्यसैले पनि सरकारलाई एकैचोटी लकडाउन अन्त्य गर्न दबाब भयो।’
सरकारले लकडाउन अन्त्य गर्ने निर्णय कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट कमिटी ‘सिसिएमसी’ को सिफारिसमा गरेको हो। सिसिएमसीको छलफलमा मन्त्रालयका विज्ञ समूहलाई बोलाइए पनि उनीहरूको सुझाव भने कार्यान्वयन गरिएन।
‘हामीले त अहिले एकैचोटी सबै खुला नगरौं भनेर सुझाव दिएका थियौं। माेटरसाइकल पनि केही समयको लागि जोरबिजोर प्रणाली यथावत राखौं भनेको हो’ उनले भने, ‘तर यहाँ सबैको आ-आफ्नो स्वार्थले गर्दा यो कायम रहन सकेन। हामीले कम्तिमा साउनको २० गतेसम्म अहिलेको स्थितिलाई यथावत राख्ने र अवस्था हेरेर थप निर्णय गर्न सकिने कुरा राखेका थियौं।’
सरकारले लकडाउनलाई कडाइ गर्न नसकेको उनीहरूको तर्क छ। अहिले सपिङ मलहरू खोल्ने निर्णय नगरिएको भएपनि कडाइ गर्न नसक्दा व्यवसायीहरूले आफैं खोल्दै गएको उनीहरू बताउँछन्।
लकडाउन एकै पटक अन्त्य हुँदा संक्रमण दर बढ्नसक्ने विज्ञहरूले चेतावनी दिएका छन्। ‘काठमाडौं प्रवेश गर्ने सबैको परीक्षण भएको छैन।
कति मानिस लुकिछिपी प्रवेश गरेका छन्’, विज्ञ समुहका एक सदस्यले भने, ‘कति मानिस गाडीमा आउने र नाकामा आएपछि फेरि हिँडेर प्रवेश गर्ने गरेको देखियो। त्यस्ता व्यक्तिको परीक्षण भएको छैन। त्यसैले उपत्यकामा संक्रमण बढ्छ भन्ने छ।’
उनले लकडाउन खोल्नैपर्ने अवस्था आएको भएपनि कम्तीमा दुई साताको अवस्थालाई विश्लेषण गरेर निर्णय गरेको भए उचित हुने कुरा दोहोर्याए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ३ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ५प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस