Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारपक्कि घर बन्ने भएपछी रिमाको खुशीले सिमा नाघ्यो

पक्कि घर बन्ने भएपछी रिमाको खुशीले सिमा नाघ्यो


दाङ – लमही नगरपालिका वडा नम्बर पांच निवासी रिमा नेपाली पक्कि घर बन्ने भएपछी खुशी बनेकी छन्। सानो घर, बर्खा लाग्दा भत्किन्छ कि भन्ने डर थ्यो रिमा नेपालीलाई, अब पक्कि घर बन्ने भएपछी उनीमा खुसीको कुनै सिमा नै छैन ।

यसै बीच जनता आवास कार्यक्रम मार्फत सोमबार लमही नगरपालिका वडा नम्बर ५ निवासी रिमा नेपालीको घरको शिलान्यास गरिएको छ । प्रदेश सभा सदस्य रेवतीरमण शर्माले घरको शिलान्यास गरेका हुन् ।

प्रदेश सभा सदस्य शर्मा, लमही नगरपालिका वडा नम्बर ५ का अध्यक्ष बिमबहादुर केसी, दलित सचेतना अभियानका अध्यक्ष शसिराम नेपाली, सहरी विकास तथा भवन कार्यालय दाङका प्रतिनिधि सत्यदेव यादव, वडा सदस्य जगनारायण चौधरी, नेपाल कम्युनिस्ट पार्टी नेकपाका जिल्ला सदस्य बिरबहादुर केसी, रतनकुमार केसी लगायतको उपस्थितमा घरको शिलान्यास गरिएको हो ।

प्रदेश सभा सदस्य रेवतीरमण शर्माको निर्वाचन क्षेत्र दाङ १ (ख) मा ४४ ओटा घर जनता आवास कार्यक्रम मार्फत बनाउन थालिएको छ । जिल्ला भरमा २ सय ६७ घर बनाउन थालिएको सहरी विकास तथा भवन कार्यालयका प्रमुख अनन्तकुमार देवले जानकारी दिए ।

विपन्न दलित, धार्मिक अल्पसंख्यक मुस्किल, लोपन्मुख जातिलाई पक्की घर बनाउने कार्यक्रम भएको र एउटा घर बनाउन ३ लाख ३६ हजार रुपैयाँ सरकारले बजेट उपलब्ध गराउने छ । दाङमा जनता आवासको घर बनाउन आर्थिक बर्ष २०७६÷०७७ मा ८ करोड ९७ लाख १२ हजार बजेटबाट घर बनाउन थालिएको हो


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस