Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारशनिबार थपिए कोरोनाका ५७ जना संक्रमित, एक सय ३ जना निको भएर फर्किए घर

शनिबार थपिए कोरोनाका ५७ जना संक्रमित, एक सय ३ जना निको भएर फर्किए घर


काठमाडौं – शनिबार कोरोनाभाइरसका ५७ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले दिएको जानकारी अनुसार विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालामा तीन हजार तीन सय ३१ जनाको पिसिआर विधिबाट परीक्षण गर्दा जम्मा ५७ जनामा कोरोना देखिएको हो।

नेपालमा अब कोरोना संक्रमित संख्या १७ हजार पाँच सय २ पुगेको डाक्टर गौतमले जानकारी दिए।क्वारेन्टिनमा २३ हजार २ सय ७५ जना छन् भने आइसोलेसनमा पाँच हजार ८ सय २५ जना रहेको उनले बताए।

कोरोना निको भएर शनिबार एक सय ३ जना घर फर्किए भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार छ सय ३७ पुगेको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस