Techie IT
×
गृहपृष्ठसमाचारदेउखुरीमा पहिलो पटक ज्योतिष्मती विद्यापीठमा कानुन बिषय पढाई हुने

देउखुरीमा पहिलो पटक ज्योतिष्मती विद्यापीठमा कानुन बिषय पढाई हुने


दाङ  – देउखुरीमा पहिलो पटक कानुन बिषय पढाई हुने भएको छ । लमहीमा रहेको ज्योतिष्मती विद्यापीठले यसै शैक्षिक सत्र देखि कक्षा एघारमा कानुन बिषय पढाउन लागेको हो ।

विद्यापीठले यस अघि कक्षा एक देखि सात कक्षा सम्म सँस्कृत बिषय अध्यापन गराउदै आएको छ भने योग र भावातित ध्यान पनि दैनिक हुदै आएको छ । यस बिद्यालयले कानुन बिषय पठनपाठन गराउने भएपछी देउखुरी क्षेत्रका बिद्यार्थीहरुलाई अब कानुन बिषय पढ्न बाहिर जान नपर्ने भएको छ ।

ज्योतिष्मती विद्यापीठले लमही नगरपालिकाको नगर शिक्षा समितिसंग कानुन बिषय पढाउन माग गरे अनुशार अनुमति पाएको बिद्यालयका प्रधानाध्यापक नारायण भुषालले जानकारी दिए । हामीसंग पठनपाठनका लागि भौतिक पूर्वाधार, शान्त वातावरण त्यसै गरि प्रयाप्त शिक्षक भएकै कारण र समय सापेक्षिक ठानेर कानुन बिषय माग गरेका हौ भुषालले भने ।

यो बिषय कक्षा एघार र बाह्रमा दुई बर्ष अध्यायन गर्नु पर्नेछ । त्यस पछि विद्यार्थीलाई बिएल पढ्न ढोका खुल्नेछ । अहिले स्थानिय तहले न्यायिक सेवाको लागि आबेदन खोल्यो भने बिरलै मात्र कानुन पढेका मान्छे सम्पर्कमा आउने गरेका छन् । बेरोजगार बनेका विद्यार्थीलाई केहि हद सम्म रोजगारको ढोका खोल्ने प्रधानाध्यापक भुषालले बताए ।

पहिलो सत्रमा चालिस जना बिद्यार्थी भर्ना गरि पठनपाठन शुरु गर्ने अनुमति पाएको बिद्यालयले विद्यार्थीको चाप बढ्न सक्ने बताएको छ । भर्ना नलिदै हाल सम्म पच्चीस÷तिस जनाले फोन सम्पर्क गरि नाम टिपाई सकेका छन् प्रधानाध्यापक भुषालले भने । यस क्षेत्रमा संचालित सामुदायिक र सँस्थागत निजि बिद्यालयले प्रायः उस्तै उस्तै बिषय पढाई रहेका छन् अब हामीले शिक्षामा केहि नयाँ र समय सापेक्षिक हुनु पर्छ भन्ने ठानेर कानुन बिषय रोजेका हौ भुषालले भने ।

समयले शिक्षा क्षेत्रमा पनि नयाँपन खोजिरहेका बेला यस बिद्यालयले कानुन बिषयको शुरुवात गर्नु अत्यन्तै खुशीको कुरा भएको लमही नगरपालिका शिक्षा शाखा प्रमुख रबिन्द्र क्षेत्रीले बताए । यो वर्ष बिद्यालयले माग गरे अनुशार र उक्त बिषय पठनपाठनका लागि सबै सुबिधा भएको पाईयो त्यस पछि माग गरे अनुशारको बिषय दिइएको उनले बताए । कानुन पढाउँनका लागि शिक्षक प्रयाप्त भएकोले पनि राम्रै होला भन्ने हामीले अपेक्षा गरेका छौ शिक्षा शाखा प्रमुख क्षेत्रीले भने ।

दाङ्गमा तुलसीपुर स्थित हिमाल एकेडेमी र घोराही स्थित रात्री माध्यामिक बिद्यालय रझेनामा कानुन बिषय पढाई हुदै आएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस