गृहपृष्ठ ∕ समाचार ∕ सुनसरीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, गोली लागेर एक जना घाइते सुनसरीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, गोली लागेर एक जना घाइते जीएनएन साउन ३, २०७७ गते १०:२२ मा प्रकाशित धरान – सुनसरीको हरिनगरमा गएराति तस्कर समूह र सशस्त्र प्रहरीबीच झडप भएको छ। तस्कर समूहले भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको सामान सशस्त्र प्रहरीले शुक्रबार राति बरामद गर्न खोजेपछि दुवै समूहबीच झडप भएको थियो।नेपाल-भारत सीमा नजिकैको मोरम चोकमा तस्कर समूहले अवैध सामान नेपाल भित्र्याउँदै गरेपछि सशस्त्र प्रहरीले बरामत गर्न खोज्नासाथ तस्कर समूहले ढुङ्गामुढा प्रहार गरी हतियार खोस्ने प्रयास गरेकाले बाध्य भएर गोली हान्नु परेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले जानकारी दिए। सशस्त्र प्रहरीको गोली लागि सुनसरी हरिनगरका २० वर्षीय सवाज अन्सारी गम्भीर घाइते भएका छन्। उनको पेटमा गोली लागेको छ। अन्सारीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।तस्करहरुको समूहले हानेको ढुङगा लागेर सशस्त्र प्रहरी जवना जिवराज विशंखे घाइते भएका छन्। उनको सशस्त्र प्रहरीको पूर्व क्षेत्रिय अस्पताल पकलीमा उपचार भइरहेको सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले जानकारी दिए।शनिबार बिहानै घटनास्थलमा सयौंको संख्यामा स्थानीय भेला भएका छन्। स्थानीय वासिन्दाले प्रहरीको विरोध गर्न थालेपछि हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारी र र सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकाल घटनास्थल पुगेर स्थिति साम्य पार्ने काम भइरहेका सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले बताए।बिहीबार रातिपनि हतियार धारी समूहबीच देवानगन्जमा दोहोरो भिडन्त भएको थियो। प्रहरी र हतियार धारीबीच दोहोरो भिडन्त हुँदा दुई हतियारधारी घाइते भएका छन्। दुवैको प्रतिष्ठानमा उपचार भइरहेको छ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट