गृहपृष्ठ ∕ समाचार ∕ कर्तव्य ज्यान मुद्दामा जलेश्वर कारागारमा रहेकी एक महिला कैदीको मृत्यु कर्तव्य ज्यान मुद्दामा जलेश्वर कारागारमा रहेकी एक महिला कैदीको मृत्यु दीप संञ्चार साउन ३, २०७७ गते १०:१४ मा प्रकाशित जलेश्वर – महोत्तरीको जलेश्वर कारागारमा एक महिला कैदीको मृत्यु भएको छ । कर्तव्य ज्यान मुद्दामा कारागारमा रहेकी सर्लाहीको चक्रघट्टा गाउँपालिका– ४ की रेशा खातुन भन्ने नुर जहाँ खातुनको मृत्यु भएको हो ।जलेश्वर कारागार प्रशासनका अनुसार दुई सातादेखि बिरामी परेकी खातुनको अवस्था गम्भीर भएपछि गत बिहीबार जलेश्वर जिल्ला अस्पतालमा भर्ना गरिएकोमा राति करिब २ बजेतिर उपचारकै क्रममा उनको मृत्यु भएको हो ।कारागारका जेलर मकसुदन महासेठले दुई हप्तादेखि खातुनलाई टाउको दुख्दै आएको बताए । उनले भने, ‘औषधी प्रयोग गरेपछि अचानक बिहीबार उनको अवस्था नाजुक भयो र अस्पताल भर्ना गरेका हौं ।’उपचारकै क्रममा राति २ बजेतिर उनको मृत्यु भएको जेलर महासेठले पुष्टि गरेका छन् । खातुन कर्तव्य ज्यान मुद्दामा गत मंसिर १९ गतेदेखि सजाय भोग्दै आएकी थिइन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ५मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप