गृहपृष्ठ ∕ समाचार ∕ बाबुराम भट्टराईको आग्रह : ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देशलाई बचाऔँ बाबुराम भट्टराईको आग्रह : ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देशलाई बचाऔँ दीप संञ्चार साउन ३, २०७७ गते १०:१० मा प्रकाशित काठमाडौँ – पूर्व प्रधानमन्त्री एवं समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाएर देशलाई बचाउन आग्रह गरेका छन् ।नेकपाका अध्यक्षसमेत रहेका ओलीलाई प्रधानमन्त्रीबाट हटाउन नेकपा किन अलमलमा परेको भन्दै शनिबार बिहान ट्वीट गर्दै भट्टराईले प्रश्न समेत गरेका छन् । उनले ‘संसदबाटै संकटमोचन किन हुन्न ? ओली हटाऔं, देश बचाऔं,’ ट्वीटमा लेखेका छन् ।प्रधानमन्त्री ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको आरोप पनि भट्टराईले लगाए । उनले हिटलरसँग तुलना गर्दै ओलीको आलोचना समेत गरेका छन् ।‘प्रधानमन्त्री केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ,’ ट्वीटरमा भट्टराईले लेखेका छन्, ‘हिटलर पनि निर्वाचित थिए । चरम राष्ट्रवाद उनको पनि हतियार थियो । आखिर के भयो ?’प्रम@kpsharmaoli को वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ।कोरोना,अर्थतन्त्र,भ्रष्टाचार,विदेशनीति,जातीय/धार्मिक द्वेष,राज्यका अंग.!स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए;चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो?नेकपा किन अलमलमा?संसदबाटै संकटमोचन किन हुन्न?#ओलीहटाऔंदेशबचाऔंक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल