Techie IT
×
गृहपृष्ठसमाचारनिजि विद्यालयहरुले लमही नगरपालिकालाई बुझाए ज्ञापनपत्र

निजि विद्यालयहरुले लमही नगरपालिकालाई बुझाए ज्ञापनपत्र


दाङ – लमही नगरपालिका अन्तर्गतका एन प्याव्सन र प्याव्सनमा आबद्द रहेका निजि विद्यालयहरुले लमही नगरपालिकामा पुगेर नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका छन्।

कोरोन भाइरस कोभिड (१९) को कारण तहस नहस भएका विद्यार्थीको पठानपाठनलाई सुचारु गर्नका लागि नयाँ विद्यार्थी भर्ना, अध्ययनरत विद्यार्थीहरुको अभिलेखीकरण गरि पाठ्यपुस्तक लगायतका शिक्षण सामाग्रीहरु व्यवस्थापन गर्ने वातावरण यथासिघ्र निर्माण गर्नको लागि एन प्याव्सन लमहीका अध्यक्ष भक्तकुमार खनाल र प्याव्सन लमहीका अध्यक्ष राजु यादवको हस्ताक्षर सहितको ज्ञापनपत्र शुक्रवार लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीलाई बुझाएका छन् ।

शुक्रवार प्याव्सन दाङका जिल्ला अध्यक्ष रेशम बहादुर बुढा, एन प्याव्सन दाङ जिल्लाका उपाध्यक्ष भु–माण्डव केसी, प्याव्सन लमही नगरका सचिव नारायण भुषाल, प्याव्सन लमही नगरका संयोजक राजु यादव र प्याव्सन लमही नगरका उप–संयोजक भक्तकुमार खनालले नगर प्रमुख केसीलाई ज्ञापनपत्र बुझाउदै पठन-पाठनको व्यवस्था मिलाउन आग्रह गरेका छन् ।

ज्ञापनपत्रमा अनलाइन कक्षा र भर्चुअल कक्षाहरु बैकल्पिक शिक्षण पद्धति मात्र भएको र नेपाली समाजमा अहिले नै यो पद्धतीको पहुँचमा सबै विद्यार्थीहरु हुन नसक्ने यर्थाथलाई मनन गर्दै लमही नगरपालिका भित्र कोभिड १९ को प्रभावको समेत अध्ययन गरी विद्यालयहरुमा आवश्यक पूर्वधार व्यवस्थापन सहित जोर–विजोर वा आलोपालो प्रणालीमा कक्षा संचालन गरि विद्यार्थीहरुको पठनपाठनमा गर्ने व्यवस्था गर्न उल्लेख गरिएको छ ।

क्वारेन्टिनका लागि विद्यालयहरुको प्रयोग भएका भए अर्को स्थानमा स्थानान्तरण गरि निर्मलीकरणको व्यवस्था, वर्तमान शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रका लागि एक सय ८० र एक सय ९२ दिन पठनपाठन गर्नुपर्ने हुँदा सोही अनुसार शैक्षिक सत्र २०७७ का लागि केही सार्वजनिक विदाहरु कटौती गरि नयाँ शैक्षिक क्यालेन्डर निर्माण, शैक्षिक सत्र २०७७ मा विद्यालयहरुले शिक्षा नियमावली अनुसार तोकिएको जिम्मेवारी पुरा गर्ने प्रतिवद्धताका आधारमा एक महिनाको मासिक पढाई शुल्क छुट गरि अन्य शुल्कहरु संकलन गर्न पाउने व्यवस्था गर्न ज्ञापनपत्रमा जनाईएको छ ।

यस्तै ज्ञापनपत्रमा निजी विद्यालयहरुले शैक्षिक सत्र २०७७ को बाकी वक्यौता उठाउन नसकेको र २०७७ सालमा कुनै पनि शीर्षकमा शुल्क संकलन नगर्न नेपाल सरकारले निर्देशन गरेको अवस्थामा हाम्रा विद्यालयमा कार्यरत शिक्षक कर्मचारीहरुको तलव भत्ता लगायत अन्य खर्चको व्यवस्थापन गर्न नसकिएको हुँदा हाम्रा शिक्षक कर्मचारीलाई उचित सहयोगको व्यवस्था र घर जग्गा वहाल कर, व्यवसायिक कर लगायत अन्य महशुलहरुमा छुटको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यता लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले प्याव्सन र एन प्याव्सनबाट ध्यानाकषर्ण भएको बताउदै राज्यले बनाएको निमय कानुन उलंघन नगरी नयाँ प्रबिधिबाट अगाडि बढ्ने प्रतिबद्दता जनाएका छन्।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस