गृहपृष्ठ ∕ समाचार ∕ त्रिविका सबै तहका स्थगित परीक्षाहरु असोज महिना भित्रै हुने , कस्तो छ त परीक्षा विधि ?? त्रिविका सबै तहका स्थगित परीक्षाहरु असोज महिना भित्रै हुने , कस्तो छ त परीक्षा विधि ?? खगेन्द्र खड्का साउन २, २०७७ गते ९:५७ मा प्रकाशित काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका विभिन्न तहका स्थगित परीक्षाहरु असोज महिना भित्रै सम्पन्न गर्ने निर्णय गरेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको त्रासका कारण स्थगित परीक्षाहरु विश्वविद्यालयले सम्पन्न गर्न लागेको हो ।गत चैत्र ७ गते देखि विश्वविद्यालयले स्थगित गरेका सबै तहका परीक्षाहरु दशैं अघि सञ्चालन गर्ने गरी परीक्षा कार्यतालिका तयार भएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जनाएका छन । यस अघि अनुदान आयोगले उच्च शिक्षाको परीक्षाको लागि विभिन्न प्रकारका विधिहरु ल्याएपनि त्रिविले अरु विकल्प त्यति सान्दर्भिक नभएकाले अनलाइन परीक्षा या भौतिक उपस्थितिमा मात्रै परीक्षा सम्पन्न गर्न सम्भव हुने कुरा जानकारी दिएको थियो ।कोरोना भाइरस (कोभिड १९)को त्रासलाई मध्यनजर गर्दै उच्च सतर्कता अपनाउनु पर्ने भएकाले विद्यार्थीहरूको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन हुने तथा यसका लागि परीक्षा केन्द्र थप गरिने जसले विद्यार्थीलाई सङ्क्रमणबाट जोगाउनका साथै परीक्षा सञ्चालन गर्न सहज वातावरण हुने कुरा विश्वविद्यालयले जनाएको छ।बिस्तारै जनजीवन सामान्य भए पश्चात आफ्नो घर गएका थुप्रै विद्यार्थीहरू आफू पढ्ने सहरमा फर्किउन भन्ने हेतुले जाँचको समय अलि लम्ब्याएको अड्कल लाउन सकिन्छ । ढिलै भएनी जाँच हुने नहुने अन्यौलतालाई चिर्दै आज त्रिविले सूचना दिएकोमा सबै विद्यार्थी हरुमा खुसियाली छाएको छ ।परीक्षा कार्यतालिका सम्बन्धी औपचारिक सूचना भने श्रावण ७ गते पछि मात्र सार्वजनिक गर्ने कुरा जोशीले बताए। – जिएनएनक्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनीकन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्यालीलमहीमा भुकम्प सुरक्षा दिवस मनाईयोआज माघे सङ्क्रान्ति मनाइँदै धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम