Techie IT
×
गृहपृष्ठसमाचारसल्यानी गायक ओलीको गाईजात्रा बिषेश खबरदार सरकार बजारमा

सल्यानी गायक ओलीको गाईजात्रा बिषेश खबरदार सरकार बजारमा


दाङ्ग – खष भाषामा सबैको फेसबुक म्यासेन्जरमा पठाएर चकित पार्ने सल्यानी कलाकार कुल बहादुर ओलीले सरकारलाई खबरदार गर्दै गाईजात्र बिषेश गित स्रोता सामु लिएर आएका छन्। उक्त गीतमा गायक कुल बहादुर ओलीलाई गायिका राधिका हमाल र रबिन लामिछानेको साथ रहेको छ।

सल्यानी गायक कुल बहादुर ओलीले गाईजात्रा बिषेस गित खबरदार सरकार झम झम रुमालमा बोलको गित लिएर श्रोता दर्शक माझ आएका छन्। पछिल्लो समय खस भाषाको सुचना मुलक अडियो साथीहरुको सामाजिक संजालमा पठाएर सबैको मन जित्न सफल भएका सल्यानी कलाकार ओलीले यो बर्ष भने देशको समसामायिक राजनीतिलाई गतिलो ब्यांगे प्रहार गर्दै गाईजात्रा गित ल्याएका छन्।

सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ३ बारापुरमा जन्मिएका कलाकार ओलीले नेपाली गित संगीतमा धेरै योगदान गरेका छन्। जिल्लामा हाई स्कुल सकाएर उच्च शिक्षा लिनका लागि ओली सल्यान बाट काठमाण्डौ लागेका थिए। सल्यानमा जन्मिएर कर्मथलो राजधानी काठमाण्डौ बनाएका उनले २०६४ साला तिर तिमि मेरै हौ यो चोलामा बोलको गित बजारमा ल्याएका थिए। उनि गायन क्षेत्र तर्फ मात्र नभएर अभिनयको क्षेत्रमा पनि उत्तिकै झुकाब राख्ने गर्दछन।

सल्यानमा हुँदा उनले स्थानीय एफ एम रेडियोमा सांगीतिक कार्यक्रम पनि संचालन गरेको उनीमा गतिलो अनुभव छ जसले गर्दा २०६६ साल तिर रेडियो नेपाल बाट प्रशारण हुने दिनप्रतिदिन नामक नाटकमा आवाज दिन सहज भएको उनको भनाई छ। राजधानीको बसाईलाई केहि समय सम्म सकसमा बिताएर अहिले केहि सहज भएको बताउदै गित संगीतलाई पनि निरन्तरता दिदै आएका छन्। पहिलो पटक लोक दोहोरी गित बजारमा ल्याएका ओलीले दोस्रो पटक भने सुनमुल्काै दुनियाँले बोलको सल्यानी टप्पा गित ल्याए।

उनको त्यो गित यस क्षेत्रका स्रोताले खुब रुचाए। त्यस पछी उनीमा गित गाउने अझै जागर चलेको बताउछन। गित गाउदै जादा अब गायक हुनका लागि भोकल र संगीत सिक्नु पर्दो रहेछ भनेर क्लास लिए जसले गर्दा गित गाउँ अझै सहज भएको छ ओलीले भने। उनले केहि बर्ष काठमान्डौका दोहोरी साझामा जागिर पनि गरे। स्रोताको मन जित्दै गएपछि उनको गित गाउने क्रम निरन्तर चलिरहेको छ। सुन काे भाउ ताेलामा, पागल हुदैछु, आधा जीवन , बरबर आसु झर्याे, नेपालकाे माटाे, माेया कता छउ लगायतका गितहरु सोर्ता सामु ल्याई सकेका छन्।

गित संगीता बाट मात्र चिनिन गाह्रो हुने छाट देखे पछि सल्यान जिल्लामा बोलिने मौलिक खष भाषाको संरक्षण र सम्बर्दन पनि हुने भएकोले यो भाषा तिर आफुले चासो दिदै आएको उनले बताए। जब कलाकार कुल बहादुर ओलीले अर्को एक जना महिला साथि संग खष भाषामा संदेश मुलक कुराहरु रेकर्ड गरेर सामाजिक संजालमा पठाउन शुरु गरे तब उनि भाइरल भए। धेरै जसोलाई यो यस्तो भाषामा बोल्ने कुन मान्छे हो भनेर सोधखोज पनि गर्न थाले र चासोको बिषय पनि बन्यो।

कलाकार कुल बहादुर ओली र ममता खड्का र बिमला बुढाले आवाज दिएर खष भाषामा बोलेका अडियो म्यासेजहरु निकै भाईरल बन्दै गएपछि यो भाषालाई कसरी संरक्षण गर्न सकिन्छ भनेर अहिले त्यस भाषाका किताबहरु अध्ययन गरिरहेको ओलीले बताए। आफ्ना पुर्बजले बोल्ने भाषा कतै लोप हुनेको होकी भन्ने चिन्ता पनि रहेको उनले बताए। पछिल्लो समयको गाईजात्रा गित पनि खष भाषामा नै बजारमा आएको छ। उक्त गीतलाई गाेर्खाचाैतारि म्युजिकले बजारमा ल्याएको हो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस