गृहपृष्ठ ∕ समाचार ∕ नेपाली व्यवसायी संघ द्वारा स्वदेश फिर्ताहुने पीडित नेपालीलाई हवाई टिकट सहयोग गर्ने नेपाली व्यवसायी संघ द्वारा स्वदेश फिर्ताहुने पीडित नेपालीलाई हवाई टिकट सहयोग गर्ने दीप संञ्चार साउन २, २०७७ गते २:२० मा प्रकाशित दोहा – कोरोना कहर र यसबाट प्रभावित भई समस्यामा परेका नेपालीहरूलाई उद्धार गर्न कतार स्थित नेपाली व्यवसायी संघ कतारले स्वदेश फिर्तीको लागि २० वटा हवाई टिकट कतार स्थित राजदूतावासको रोहवरमा उपलब्ध गराउने भएको छ।रोजगार गुमाई विषम परिस्थितिमा शृजना भएका, उच्च मानशिक तनाव व्यहोर्नु परेका, कोभिड १९ बाहेक अन्य विरामी भएका तर हवाई उडानको लागि अनुमति पाएका (फिट टू फ्लाईट) तर हवाई टिकट व्यवस्था गर्न नसक्ने वास्तविक पिडित छानविन गरि कतार स्थित नेपाली नियोगले प्रमाणित गरेको कामदारलाई मात्र उक्त टिकट उपलब्ध गराउने संघका अध्यक्ष महेन्द्र चौलागाईंले बताएका छन्।कतारमा रहेका वास्तविक पीडितहरूले दूतावासमा सम्पर्क(ईमेल, फोन वा ह्वाट्सएप मार्फत) गरी निवेदन पेश गर्नु पर्ने र उक्त निवेदनका आधारमा एक विशेष समितिले छानविन गर्ने चौलागाईंले बताए। दीप संचार मिडिया संग कुरा गर्दै चौलागाईंले भने, “हामी सबैले आ-आफ्नो क्षेत्रबाट उद्धारको लागि प्रयास गर्न जरूरी छ। वास्तविक पिडितलाई उद्धार गर्ने कुनै सरकारी योजना देखिएको छैन तर हामीले नियोगलाई पनि केहि टिकट उपलब्ध गराउँन अनुरोध गरेका छौं ।”उनले थपे, “हामीले उपलब्ध गराउँने टिकट वास्तविक पिडितले पायो वा पाएन भन्ने मूल्यांकन गरेर मात्र टिकट जारी गर्नेछौं। हामीले संस्थागत पत्र दूतावासलाई उपलब्ध गराई २० जनाको लागि टिकट हामीले जारी गर्ने जानकारी गरिसकेका छौं।”कतार बाट अहिले सम्म २४ सय नेपाली स्वदेश फिर्ता भई सकेका छन् भने अझै फिर्ता हुने क्रम जारी नै छ। नेपाल सरकारले वास्तविक पिडितको लागि कुनै योजना ल्याउन सकेको छैन भने टिकट काट्न सक्नेहरूलाई समेत समयमा उद्धार गर्न सकेको छैन।नेपालीहरूको व्यवसायलाई प्रवर्धन गर्ने, अनुशासित र मर्यादित गर्ने तथा नेपाली व्यवसायीहरूलाई एकताको सुत्रमा बाँध्ने उदेश्यले शुरु भएको संघले विगत ३ वर्ष देखि सामाजिक कार्यमा निकै सक्रियता देखाउँदै आएको छ।क्याटेगोरी : समाचारट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट