Techie IT
×
गृहपृष्ठसमाचारगाईको बाच्छि काटेर मासु खाएको आशंकामा तीन जना पक्राउ

गाईको बाच्छि काटेर मासु खाएको आशंकामा तीन जना पक्राउ


दाङ – ईलाका प्रहरी कार्यालय गढवाले गाईको बाच्छि काटेर मासु खाएको बिषयमा अनुसन्धान थालेको छ ।

छ दिन अघी गढवा गाउँपालिका वडा नं. ६ रामपुरमा गाइको बाच्छि काटेर मासु खाएको घटना सार्वजनिक भएपछी प्रहरीले घटनाको अनुसन्धान थालेको हो । घटनामा संलग्न रहेको आशंकामा तीन जनालाई पक्राउ गरेर अनुसन्धान थालिएको प्रहरी प्रमुख भरतसिंह राठोरले जानकारी दिए ।

प्रहरी र स्थानीयको टोलीले गाइको बाच्छि काटेर त्यसको खुट्टा, छाला, पुच्छर गाडेको स्थान फेला पारेको छ । उत्खनन् गरेर खुट्टा, छाला, पुच्छर खाडलमा फेला पारिएको हो । स्थानीय एक जनाको बाच्छि गोठबाटै हराएको थियो । त्यही बाच्छि काटेर मासु खाएको हुन सक्ने आशंका गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस