गृहपृष्ठ ∕ समाचार ∕ मेलम्ची खानेपानी सुरुङ्गको बाँध फुट्दा, दुई वेपत्ता, दुई घाइते मेलम्ची खानेपानी सुरुङ्गको बाँध फुट्दा, दुई वेपत्ता, दुई घाइते दीप संञ्चार असार ३०, २०७७ गते १५:३९ मा प्रकाशित काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउने बाँध फुट्दा २ जना बेपत्ता भएका छन् भने २ जना घाइते भएका छन् । बाढीले एउटा गाडी पनि बगाएको छ । दिउँसो करिब १.०० बजे सुरुङका ३२ वटा गेटमध्ये १७ नम्बर गेटमा पानी चुहिएपछि जाँच गर्न गएका चार जनामध्ये दुई जना बेपत्ता भएका हुन ।आयोजनाका कर्मचारी युवराज गिरीका अनुसार सुरुङको परीक्षणका लागि पानी पठाउन बनाइएको अस्थायी बाँध फुटेको हो । बाँध फुटदा आयोजनाका सवारी चालक राधाकृष्ण थापा मगर र इन्जिनियर सतिश गोहित बेपत्ता भएका छन ।त्यस्तै परामर्शदाता दोर्जे पेन्बा र इन्जिनियार शेखर खनाल घाइते हुनु भएको छ । घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङ्ले जानकारी दिनुभयो । मेलम्ची खानेपानी आयोजनाले एक हप्ता अघिदेखि सुरुङ परीक्षण गरिरहेको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारप्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्नएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे… धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ताजा अपडेट प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल