गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएईको आवासीय भिसा र परिचय पत्रको विषयमा नयाँ नियम लागू यूएईको आवासीय भिसा र परिचय पत्रको विषयमा नयाँ नियम लागू सुर्य बहादुर खवास असार २९, २०७७ गते २१:२२ मा प्रकाशित यूएई – संयुक्त अरब इमिरेट्सले १२ जुलाई देखि लागू हुनेगरी भिषा र परिचय पत्र सम्बन्धी नयाँ नियम लागू गरेको छ ।मन्त्रिपरिषदको निर्णय अनुसार म्याद समाप्त भइसकेका आवासीय भिसा र आइडी कार्डको नकीकरणको लागि आवेदन दिन सक्ने छन ।कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न गरिएको कडाइ खुकुलो पारेसँगै प्रवेशाज्ञाको नियममा पनि महत्वपूर्ण निर्णय गरेको स्थानीय संचार माध्यम गल्फ न्युजले जनाएको छ । शुक्रबार फेडेरल अथोरिटी फर आइडेन्टिटी एण्ड सिटिजनशिप (आइसीए) को यो निर्णयले यूएई सामान्य दिनमा फर्किन लागेको देखाउने बताएको छ । आइसीएले भनेको छ ‘कैयौं क्षेत्रमा कारोबार र कामलाई सामान्य दिनको जस्तै ट्रयाकमा ल्याउने कोसिस भइरहेको छ ।’यस् अघि ३१ डिसेम्बर २०२० सम्मको लागि सबै किसिमका भिसाको (रेसिडेन्स, भिजिट, टुरिस्ट) भिसा अवधी बढाउने भनिएको नियमलाई खारेज गरेको छ ।अव मार्च र अप्रिल महिनामा भिसा अवधी सकिएकाहरुले १ महिनाको अवधीमा नयाँ भिसा लगाईसक्नु पर्ने छ । यसैगरि मे महिनामा भिसा अवधी सकिएकाहरुले अगस्ट ११ तारिक बाट एक महिना भित्र नयाँ भिसा लगाउनु पर्ने छ ।जुन १ तारिक देखि जुलाई ११ सम्ममा भिसा अवधी सकिएकाहरुले सेप्टेम्बर १० बाट एक महिना भित्र नयाँ भिसा लगाउनु पर्ने छ । जुलाई ११ भन्दा पछी भिसा अवधी सकिनेहरुले पहिले कै नियमानुसार नयाँ भिसा लगाउनु पर्ने छ ।देश बाहिर भएकाहरुको हकमा भने दुई देश बिचको हावाई यतायात सुचारु भएको एक महिना अवधीलाई ग्रेस पिरिअड दिएको छ । कमर्सियल फ्लाईट खुलेको १ महिना भित्रमा यूएई आएर नयाँ भिसा लगाईसक्नु पर्नेछ ।यो नयाँ नियमले यूएईमा कार्यरत नेपाली कामदारहरुका लागि निकै लाभदायी हुने विश्वास लिएको छ । ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचार४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्नदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनीकन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्यालीलमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ६दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ७पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ८कम्युनिष्ट सरकार असफल भैसक्यो—कांग्रेस केन्द्रिय सदस्य डिसी चौधरी ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम