गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएईको आवासीय भिसा र परिचय पत्रको विषयमा नयाँ नियम लागू यूएईको आवासीय भिसा र परिचय पत्रको विषयमा नयाँ नियम लागू सुर्य बहादुर खवास असार २९, २०७७ गते २१:२२ मा प्रकाशित यूएई – संयुक्त अरब इमिरेट्सले १२ जुलाई देखि लागू हुनेगरी भिषा र परिचय पत्र सम्बन्धी नयाँ नियम लागू गरेको छ ।मन्त्रिपरिषदको निर्णय अनुसार म्याद समाप्त भइसकेका आवासीय भिसा र आइडी कार्डको नकीकरणको लागि आवेदन दिन सक्ने छन ।कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न गरिएको कडाइ खुकुलो पारेसँगै प्रवेशाज्ञाको नियममा पनि महत्वपूर्ण निर्णय गरेको स्थानीय संचार माध्यम गल्फ न्युजले जनाएको छ । शुक्रबार फेडेरल अथोरिटी फर आइडेन्टिटी एण्ड सिटिजनशिप (आइसीए) को यो निर्णयले यूएई सामान्य दिनमा फर्किन लागेको देखाउने बताएको छ । आइसीएले भनेको छ ‘कैयौं क्षेत्रमा कारोबार र कामलाई सामान्य दिनको जस्तै ट्रयाकमा ल्याउने कोसिस भइरहेको छ ।’यस् अघि ३१ डिसेम्बर २०२० सम्मको लागि सबै किसिमका भिसाको (रेसिडेन्स, भिजिट, टुरिस्ट) भिसा अवधी बढाउने भनिएको नियमलाई खारेज गरेको छ ।अव मार्च र अप्रिल महिनामा भिसा अवधी सकिएकाहरुले १ महिनाको अवधीमा नयाँ भिसा लगाईसक्नु पर्ने छ । यसैगरि मे महिनामा भिसा अवधी सकिएकाहरुले अगस्ट ११ तारिक बाट एक महिना भित्र नयाँ भिसा लगाउनु पर्ने छ ।जुन १ तारिक देखि जुलाई ११ सम्ममा भिसा अवधी सकिएकाहरुले सेप्टेम्बर १० बाट एक महिना भित्र नयाँ भिसा लगाउनु पर्ने छ । जुलाई ११ भन्दा पछी भिसा अवधी सकिनेहरुले पहिले कै नियमानुसार नयाँ भिसा लगाउनु पर्ने छ ।देश बाहिर भएकाहरुको हकमा भने दुई देश बिचको हावाई यतायात सुचारु भएको एक महिना अवधीलाई ग्रेस पिरिअड दिएको छ । कमर्सियल फ्लाईट खुलेको १ महिना भित्रमा यूएई आएर नयाँ भिसा लगाईसक्नु पर्नेछ ।यो नयाँ नियमले यूएईमा कार्यरत नेपाली कामदारहरुका लागि निकै लाभदायी हुने विश्वास लिएको छ । ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ७कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप