गृहपृष्ठ ∕ ग्लोबल ∕ गल्फ ∕ यूएईको आवासीय भिसा र परिचय पत्रको विषयमा नयाँ नियम लागू यूएईको आवासीय भिसा र परिचय पत्रको विषयमा नयाँ नियम लागू सुर्य बहादुर खवास असार २९, २०७७ गते २१:२२ मा प्रकाशित यूएई – संयुक्त अरब इमिरेट्सले १२ जुलाई देखि लागू हुनेगरी भिषा र परिचय पत्र सम्बन्धी नयाँ नियम लागू गरेको छ ।मन्त्रिपरिषदको निर्णय अनुसार म्याद समाप्त भइसकेका आवासीय भिसा र आइडी कार्डको नकीकरणको लागि आवेदन दिन सक्ने छन ।कोरोनाभाइरसको संक्रमण फैलिनबाट रोक्न गरिएको कडाइ खुकुलो पारेसँगै प्रवेशाज्ञाको नियममा पनि महत्वपूर्ण निर्णय गरेको स्थानीय संचार माध्यम गल्फ न्युजले जनाएको छ । शुक्रबार फेडेरल अथोरिटी फर आइडेन्टिटी एण्ड सिटिजनशिप (आइसीए) को यो निर्णयले यूएई सामान्य दिनमा फर्किन लागेको देखाउने बताएको छ । आइसीएले भनेको छ ‘कैयौं क्षेत्रमा कारोबार र कामलाई सामान्य दिनको जस्तै ट्रयाकमा ल्याउने कोसिस भइरहेको छ ।’यस् अघि ३१ डिसेम्बर २०२० सम्मको लागि सबै किसिमका भिसाको (रेसिडेन्स, भिजिट, टुरिस्ट) भिसा अवधी बढाउने भनिएको नियमलाई खारेज गरेको छ ।अव मार्च र अप्रिल महिनामा भिसा अवधी सकिएकाहरुले १ महिनाको अवधीमा नयाँ भिसा लगाईसक्नु पर्ने छ । यसैगरि मे महिनामा भिसा अवधी सकिएकाहरुले अगस्ट ११ तारिक बाट एक महिना भित्र नयाँ भिसा लगाउनु पर्ने छ ।जुन १ तारिक देखि जुलाई ११ सम्ममा भिसा अवधी सकिएकाहरुले सेप्टेम्बर १० बाट एक महिना भित्र नयाँ भिसा लगाउनु पर्ने छ । जुलाई ११ भन्दा पछी भिसा अवधी सकिनेहरुले पहिले कै नियमानुसार नयाँ भिसा लगाउनु पर्ने छ ।देश बाहिर भएकाहरुको हकमा भने दुई देश बिचको हावाई यतायात सुचारु भएको एक महिना अवधीलाई ग्रेस पिरिअड दिएको छ । कमर्सियल फ्लाईट खुलेको १ महिना भित्रमा यूएई आएर नयाँ भिसा लगाईसक्नु पर्नेछ ।यो नयाँ नियमले यूएईमा कार्यरत नेपाली कामदारहरुका लागि निकै लाभदायी हुने विश्वास लिएको छ । ।क्याटेगोरी : समाचार, गल्फट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै २कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती ३दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ४प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ५ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ६मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट