Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारनेपाली दुतावास युएईद्वारा स्वदेश फर्कनेहरुको एकीकृत नामावली सार्वजनिक : हाल सम्म ५ हजार ८ सय स्वदेश फर्किए

नेपाली दुतावास युएईद्वारा स्वदेश फर्कनेहरुको एकीकृत नामावली सार्वजनिक : हाल सम्म ५ हजार ८ सय स्वदेश फर्किए


युएई – युएईका लागि नेपाली दुतावासले आज कोरोना भाईरसको महामारी सँगै विभिन्न कारणले युएईमा समस्यामा परि घर फर्कन चाहानेहरुको दोश्रो पटक एकीकृत नामावली सार्वजनिक गरेको छ ।

गत २८ अप्रिलबाट आज १० जुलाई सम्म दुतावासले जारि गरेको अनलाईन फारम भर्ने ३७ हजार २ सय ३० जना तथा अन्य विभिन्न माध्यमबाट दुतावासमा नाम टिपाएका नेपालिहरु गरि आज ३८ हजार ९ सय ९१ जनाको नाम प्रकाशित गरेको हो ।

दुतावासले जारी गरेको सुचनामा १२ जुलाई सम्ममा ५ हजार ८ सय ५९ जना नेपालीहरु स्वदेश फर्किएका जनाएको छ । गत जुन १९ तारीखबाट शुरु भएको चार्टर उडान जुलाई १२ तारीख आइतबार सम्ममा ३५ वटा उडान भैसकेको छ । नेपाल एअरलाइन्स, हिमालयन एअरलाइन्स, फ्लाइ दुबई र एअर अरेबियाले चार्टर उडान भरेका छन ।

यसैगरि आगामी जुलाई १५ र १८ तारिखमा नेपाल एयरलाइन्सले ३ उडान, हिमालय एयरलाइन्सले ३ उडान, एयर अरेबियाले २ उडान र फ्लाई दुबईले २ उडान गरि जम्मा १० उडान हुने तय भएको दुतावासले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस