गृहपृष्ठ ∕ समाचार ∕ नगरपालिकाले गर्यो ९ जना किसानलाई सम्मान नगरपालिकाले गर्यो ९ जना किसानलाई सम्मान प्रिया स्मृती गजमेर असार २९, २०७७ गते २०:५० मा प्रकाशित दाङ – लमही नगरपालिकाले नगर भित्रका ९ जना किसानलाई सम्मान गरेको छ । उत्कृष्ट व्यवसायी पशुपंछी पालक किसानलाई सम्मान गरिएको लमही नगरपालिका पशु उप-शाखाका प्रमुख शिबराज न्यौपानेले जानकारी दिए ।उत्कृष्ट किसानलाई उर्जा, उत्प्रेणा र छिमेकीहरुले कृषि पेशा अझै गरु-गरु भन्ने भावना जगाउनको लागि मात्रै नभई लमही नगरपालिकालाई समृद्ध बनाउको लागि यस अभियानमा लागेको नगरप्रमुख के.सी.ले बताए । यस्तै कार्यक्रममा उप-प्रमुख देबका बेल्वासेले आगामी दिनहरुमा कृषि पेशालाई प्रभावकारी बनाउनको लागि किसानहरुलाई हौसला प्रदान गर्ने उदेश्यले उत्कृष्ट व्यवसायी पशुपंछी पालक किसानलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको बताईन ।कार्यक्रममा स्वर्गद्वारी एकीकृत कृषि तथा पशुपालन फार्मका धनश्याम सुवेदी, रेडियो हाइवेका प्रबन्धक निर्देशक केपि घिमिरे लगायतले मन्तब्य राखेका थिए । लमही नगरपालिकाका प्रबक्ता बिम बहादुर के.सी.को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण लमही नगरपालिका पशु उप-शाखाका प्रमुख शिवराज न्यौपानेले गरेका थिए ।नगरपालिका भित्र रहेर ब्यवसाय गरिरहेका स्वर्गद्वारी एकीकृत कृषि तथा पशुपालन फार्म, ओम पोल्टी फार्म, पुन बंगुर फार्म, प्रभास कृषि तथा पशुपंछी फार्म, केदार बाबा कृषि बाख्रा फार्म, किसान पशुपंछी फार्म, बुद्व बहुउद्देश्यीय गाई फार्म, कमला पशुपंछी फार्म, किसान जंग्गु चौधरीलाई सम्मान तथा पुरस्कृत गरेको हो ।सम्मानित व्यक्तीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित पानस प्रदान गरिएको थियो । कार्यक्रम लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको अध्यक्षतामा भएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्योपहुँचका भरमा जहाजको टिकट वितरणस्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलहरुका लागि चुनौतीपूर्ण बन्नेकाठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि… धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट दैलेखमा बस दुर्घटनामा परि मृत्यु भएका चार जनाको पहिचान खुल्यो पहुँचका भरमा जहाजको टिकट वितरण विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा संसदमा विचाराधीन नागरिकता विधेयकलाई टुंगोमा पुर्याउने सरकारको नीतिको एनआरएनएद्वारा स्वागत बालेनको जित निश्चित !