गृहपृष्ठ ∕ समाचार ∕ नगरपालिकाले गर्यो ९ जना किसानलाई सम्मान नगरपालिकाले गर्यो ९ जना किसानलाई सम्मान प्रिया स्मृती गजमेर असार २९, २०७७ गते २०:५० मा प्रकाशित दाङ – लमही नगरपालिकाले नगर भित्रका ९ जना किसानलाई सम्मान गरेको छ । उत्कृष्ट व्यवसायी पशुपंछी पालक किसानलाई सम्मान गरिएको लमही नगरपालिका पशु उप-शाखाका प्रमुख शिबराज न्यौपानेले जानकारी दिए ।उत्कृष्ट किसानलाई उर्जा, उत्प्रेणा र छिमेकीहरुले कृषि पेशा अझै गरु-गरु भन्ने भावना जगाउनको लागि मात्रै नभई लमही नगरपालिकालाई समृद्ध बनाउको लागि यस अभियानमा लागेको नगरप्रमुख के.सी.ले बताए । यस्तै कार्यक्रममा उप-प्रमुख देबका बेल्वासेले आगामी दिनहरुमा कृषि पेशालाई प्रभावकारी बनाउनको लागि किसानहरुलाई हौसला प्रदान गर्ने उदेश्यले उत्कृष्ट व्यवसायी पशुपंछी पालक किसानलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको बताईन ।कार्यक्रममा स्वर्गद्वारी एकीकृत कृषि तथा पशुपालन फार्मका धनश्याम सुवेदी, रेडियो हाइवेका प्रबन्धक निर्देशक केपि घिमिरे लगायतले मन्तब्य राखेका थिए । लमही नगरपालिकाका प्रबक्ता बिम बहादुर के.सी.को स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण लमही नगरपालिका पशु उप-शाखाका प्रमुख शिवराज न्यौपानेले गरेका थिए ।नगरपालिका भित्र रहेर ब्यवसाय गरिरहेका स्वर्गद्वारी एकीकृत कृषि तथा पशुपालन फार्म, ओम पोल्टी फार्म, पुन बंगुर फार्म, प्रभास कृषि तथा पशुपंछी फार्म, केदार बाबा कृषि बाख्रा फार्म, किसान पशुपंछी फार्म, बुद्व बहुउद्देश्यीय गाई फार्म, कमला पशुपंछी फार्म, किसान जंग्गु चौधरीलाई सम्मान तथा पुरस्कृत गरेको हो ।सम्मानित व्यक्तीहरुलाई दोसल्ला ओढाएर सम्मानपत्र सहित पानस प्रदान गरिएको थियो । कार्यक्रम लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसीको अध्यक्षतामा भएको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट