गृहपृष्ठ ∕ समाचार ∕ मिचेल एन्टोनियो एक्लैले गरे ४ गोल, नर्विच रेलिगेसनमा मिचेल एन्टोनियो एक्लैले गरे ४ गोल, नर्विच रेलिगेसनमा एजेन्सी असार २७, २०७७ गते २०:२४ मा प्रकाशित काठमाडौं – मिचेल एन्टोनियो एक्लैले चार गोल गरेपछि वेष्टह्यामले प्रिमियर लिगमा नर्विच सिटीलाई ४-० ले पराजित गरेको छ । महत्वपूर्ण जितपछि वेष्टह्याम रेलिगेसन क्षेत्रबाट ६ अंक सुरक्षित बन्दा नर्विच सिटी यस सिजन रेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ ।नर्विचको मैदानमा भएको खेलमा एन्टोनियोले दुवै हाफमा दुई-दुई गोल गरे ।११औं मिनेटमा पहिलो गोल गरेका उनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे ।५४औं मिनेटमा तेस्रो गोल गर्दै प्रिमियर लिगमा आफ्नो पहिलो ह्याट्रिक पूरा गरेका एन्टोनियोले ७४औ मिनेटमा चौथो गोल गरे । एन्टोनियो अवे मैदानमा ह्याट्रिक गर्ने वेष्टह्यामका दवस्रो खेलाडी बनेका छन् र २००१ पछि पहिलो हुन् ।सन् २००१ मा वेष्टह्यामका पाउल किस्टोनले चार्ल्टन एथ्लेटिक विरुद्ध ह्याट्रिक गरेका थिए ।जितपछि ३५ खेलबाट ३४ अंक जोड्दै वेष्टह्याम १५औं स्थानमा उक्लेको छ । वाटफोर्ड समान अंक भएपनि वेष्टह्याम गोलअन्तरका कारण अगाडि छ ।३५ खेलबाट २१ अंक मात्र रहेको नर्विच भने तीन खेल अगावै रेलिगेसनमा पर्ने पक्का भएको छ । नर्विचले अब बाँकी ३ खेल नै जितेपनि अन्तिम तीन स्थानबाट माथि उक्लन सक्ने छैन । नर्विच अघि रहेका बर्नमाउथ २८ अंकसहित १८औं र २७ अंक रहेको एस्टनभिल्ला १९औं स्थानमा छ ।अर्को खेलमा वाटफोर्डले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै न्यूकासल युनाइटेडलाई २-१ ले पराजित गरेको छ । वाटफोर्डका लागि दुवै गोल ट्रो डिनेले पेनाल्टीमा गरे।त्यसअघि ड्वाइट गेलले गोल गर्दै न्यूकासललाई अग्रता दिलाएपनि कायम राख्न सकेन ।वाटफोर्ड ३५ खेलबाट ३४ अंक जोड्दै १६औं स्थानमा छ । न्यूकासल भने ३५ खेलबाट ४३ अंकसहित १३औं स्थानमा छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरुएकैदिन २४५४ जनाले जिते कोरोना, २जनाको मृत्युबालुवाटारमा गठबन्धनको बैठक सुरु२४ घण्टामा थप ५७० जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट भूमध्यसागरमा २३७ यात्रु सवार क्रुज जहाजमा आगो लाग्यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान सुरु विश्वकप छनोट :उत्कृष्ट बलिङमा नेपालको विजयी सुरुवात, ओमान ३९ रनले पराजित एमसीसीलाई लिएर हिंसा भड्काउने विचारहरू स्वीकार्य हुँदैन -अमेरिका एकैदिन २४५४ जनाले जिते कोरोना, २जनाको मृत्यु देशको प्रकृति र परिवेशबाट पृथक भएर बाहिरी लोभ, प्रलोभनमा पर्नु प्रजातन्त्र होइन : पूर्वराजा ज्ञानेन्द्र ३० दलले बुझाए निर्वाचन आयोगलाई ज्ञापनपत्र (पूर्णपाठ) धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त