गृहपृष्ठ ∕ समाचार ∕ मिचेल एन्टोनियो एक्लैले गरे ४ गोल, नर्विच रेलिगेसनमा मिचेल एन्टोनियो एक्लैले गरे ४ गोल, नर्विच रेलिगेसनमा एजेन्सी असार २७, २०७७ गते २०:२४ मा प्रकाशित काठमाडौं – मिचेल एन्टोनियो एक्लैले चार गोल गरेपछि वेष्टह्यामले प्रिमियर लिगमा नर्विच सिटीलाई ४-० ले पराजित गरेको छ । महत्वपूर्ण जितपछि वेष्टह्याम रेलिगेसन क्षेत्रबाट ६ अंक सुरक्षित बन्दा नर्विच सिटी यस सिजन रेलिगेसनमा पर्ने पहिलो टिम बनेको छ ।नर्विचको मैदानमा भएको खेलमा एन्टोनियोले दुवै हाफमा दुई-दुई गोल गरे ।११औं मिनेटमा पहिलो गोल गरेका उनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे ।५४औं मिनेटमा तेस्रो गोल गर्दै प्रिमियर लिगमा आफ्नो पहिलो ह्याट्रिक पूरा गरेका एन्टोनियोले ७४औ मिनेटमा चौथो गोल गरे । एन्टोनियो अवे मैदानमा ह्याट्रिक गर्ने वेष्टह्यामका दवस्रो खेलाडी बनेका छन् र २००१ पछि पहिलो हुन् ।सन् २००१ मा वेष्टह्यामका पाउल किस्टोनले चार्ल्टन एथ्लेटिक विरुद्ध ह्याट्रिक गरेका थिए ।जितपछि ३५ खेलबाट ३४ अंक जोड्दै वेष्टह्याम १५औं स्थानमा उक्लेको छ । वाटफोर्ड समान अंक भएपनि वेष्टह्याम गोलअन्तरका कारण अगाडि छ ।३५ खेलबाट २१ अंक मात्र रहेको नर्विच भने तीन खेल अगावै रेलिगेसनमा पर्ने पक्का भएको छ । नर्विचले अब बाँकी ३ खेल नै जितेपनि अन्तिम तीन स्थानबाट माथि उक्लन सक्ने छैन । नर्विच अघि रहेका बर्नमाउथ २८ अंकसहित १८औं र २७ अंक रहेको एस्टनभिल्ला १९औं स्थानमा छ ।अर्को खेलमा वाटफोर्डले एक गोलले पछि परेको स्थितिमा पुनरागमन गर्दै न्यूकासल युनाइटेडलाई २-१ ले पराजित गरेको छ । वाटफोर्डका लागि दुवै गोल ट्रो डिनेले पेनाल्टीमा गरे।त्यसअघि ड्वाइट गेलले गोल गर्दै न्यूकासललाई अग्रता दिलाएपनि कायम राख्न सकेन ।वाटफोर्ड ३५ खेलबाट ३४ अंक जोड्दै १६औं स्थानमा छ । न्यूकासल भने ३५ खेलबाट ४३ अंकसहित १३औं स्थानमा छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप