Techie IT
×
जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)
गृहपृष्ठसमाचारचुनावी नारा अब कार्यान्वयन हुँदै, झण्डै साढे सात करोड बजेट बिनियोजन

चुनावी नारा अब कार्यान्वयन हुँदै, झण्डै साढे सात करोड बजेट बिनियोजन


दाङ – आफुले चुनाव ताका जनतालाई दिएको आश्वासन पूरा हुन लागेको दाङ क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीले बताएका छन । सुरक्षित नागरिक आवास, खरको छानो विस्थापन गर्ने कार्यक्रम अन्तरगत टिनको छानो लगाउन आर्थिक वर्ष ७७÷७८ मा ७ करोड ६६ लाख बजेट विनियोज गरेको प्रतिनिधि सभा सदस्य तथा नेपाल कम्युष्टि पार्टी नेकपाका केन्द्रीय सदस्य मेटमणी चौधरीले बताए ।

सुरक्षित नागरिक आवास कार्यान्वयन कार्यविधि २०७५ अनुसार खरको छानो बिस्थापन गर्ने कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा दाङ क्षेत्र नम्बर १ का सभासद मेटमणी चौधरीको पहलमा दाङ क्षेत्र न, १ अन्तरगतका सम्पूर्ण स्थानीय तहहरूमा टिनको छाना लगाउने कार्यक्रम आर्थिक वर्ष ०७७÷०७८ मा १५ सय ३२ घरधुरीका लागी ७ करोड ६६ लाख वजेट विनियोजन गरिएको छ ।

 

जसमध्य लमही नगरपालिकामा ३ सय ४७, गढवा गाउँपालिकामा ३ सय ९७, राप्ती गाउँपालिकामा २ सय ४७, राजपुर गाउँ पालिकामा ३ सय २९ र घोराही उपमहानगर पालिकाको वडा नं. १, २, ३, ५ मा २ सय १३ गरि १५ सय ३२ घरधुरीका लागी ७ करोड ६६ लाख वजेट विनियोजन गरिएको सदस्य चौधरीले बताए ।
यस्तै सुरक्षित नागरिक आवास कार्यक्रम अन्तरगत साउन महिना देखि घर बनाउन सुरु हुने र यो आर्थिक वर्षमा ५ हजार घर बनाउने तयारी रहेको प्रतिनिधिसभा सदस्यको सचिवालय सदस्य मोहम्मद याकुबले जानकारी दिए ।

यस कार्यक्रममा पहिलो प्रथामिकतामा एकल महिला, दलित, पछाडि परेको समुदायलाई राखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस