गृहपृष्ठ ∕ समाचार ∕ लोक सेवाद्वारा सहसचिवको नतिजा सार्वजनिक, १० जना सिफारिस लोक सेवाद्वारा सहसचिवको नतिजा सार्वजनिक, १० जना सिफारिस दीप संञ्चार असार २७, २०७७ गते ९:३९ मा प्रकाशित काठमाडौँ – लोक सेवा आयोगले सहसचिवको नतिजा सार्वजनिक गरेको छ ।आयोगले यही असार १८ गतेदेखि २६ गतेसम्म सञ्चालन गरेको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कका आधारमा सफल भएका १० जना सहसचिवको नतिजा प्रकाशन गरेको हो ।आयोगको विज्ञापन नम्बर १६६५५/०७६–०७७(खुल्ला) तर्फ माग गरिएको पाँच जनामा लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छनौट भएका ८ जनामध्ये रामबन्धु सुवेदी, नमराज घिमिरे, रमेश ढकाल, आनन्द काफ्ले र विपिन आचार्य छनौट भएका छन् भने विज्ञापन नम्बर १६६५८ मधेसीतर्फ अन्तर्वार्ताका लागि छनौट भएका ५ जना उम्मेदवारमध्ये इन्द्रदेव यादव र रामकुमार महतो छनौट भएका छन् ।त्यसैगरी आयोगको विज्ञापन नम्बर १६६५६ महिला तर्फ अन्तर्वार्ताका लागि छनौट भएका ६ जना उम्मेदवारमध्ये उपस्थित ४ जना उम्मेदवारहरूको अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको प्राप्ताङ्कका आधारमा अनिता निरौला र स्किम श्रेष्ठ उत्तीर्ण भएका छन् ।आयोगको विज्ञापन नम्बर १६६५७ आदिवासी जनजातितर्फ अन्तर्वार्ताका लागि छ जना छनौट भएकोमा उपस्थित ५ जनामध्ये हेमराज तामाङ उत्तीर्ण हुन सफल भएको आयोगले जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारसन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्रीगलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर…१२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो१५ देशमा फैलियो मंकीपक्स संक्रमण धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट कतारमा मधेस युवा संघद्वारा शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न काठमाडौँमा पुनः मतगणना गर्न माग गर्दै निवेदन ! सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री गलत नजरले हेरेको निहुँमा कान्छा लामा ‘जीवन’ को हम्मरले हानेर हत्या १२१ यात्रु बोकेको जजिराको विमान भैरहवामा अवतरणको क्रममा चरासँग ठोक्कियो क्यानडामा आएको भीषण आँधीले ९ लाख घर विद्युतविहीन १५ देशमा फैलियो मंकीपक्स संक्रमण सरकारी कर्मचारीको तलब बढाउने तयारी !