एकैदिन ८ जिल्लामा बाढीपहिरोः २३ जनाको मृत्यु, ३६ बेपत्ता
काठमाडौँ – निरन्तरको वर्षासँगै मुलुकका विभिन्न स्थानमा पहिरो जाने क्रम बढेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार मात्र ८ जिल्लामा बाढीपहिरो गएको छ ।
पहिरोमा परी २३ जनाको मृत्यु भएको छ, भने २६ जना बेपत्ता छन् । त्यस्तै २६ जना घाइते भएका प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए ।गौतमकाअनुसार म्याग्दीको धौलागिरी गाउँपालिका र मालिका गाउँपालिकामा बाढीपहिरोमा परी ३ जनाको मृत्यु भएको छ भने ३१ जना बेपत्ता छन् । बेपत्ताहरुको खोजीकार्य जारी छ ।
म्याग्दीमा पहिरोमा ३५ घर समेत पुरिएको छ । यस्तै लमजुङको बेशीसहर नगरपालिका–७ सातबिसेमा पहिरोले पुरिँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने तीनजना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।कास्कीको पोखरा महानगरपालिका सराङकोट, हेम्जा र पैतलेडाँडामा पहिरोले पुरिँदा सातजनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् । घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
सराङकोटमा पहिरो खस्दा घरपरिवारसहित जन्मदिनको पार्टी मनाउन आएका पाहुना पनि पुरिएका छन् ।रुकुम पश्चिममा पनि पहिरो गएको छ । आटबिसकोट नगरपालिका–३ रजेखोलामा पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।तनहुँको शुक्लागण्डकी नगरपालिका–७ पुल्चोक र हिलेवस्तीमा पहिरो गएको छ । दर्जनौं घरहरुमा क्षति पुगेको छ । यद्यपी मानविय क्षती भने भएको छैन ।
त्यस्तै जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा पहिरो गएको छ । पहिरोमा ७ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन् । यस्तै पाँजना घाइते भएका छन् ।यसैगरी दोलखामा पनि पहिरो गएको छ । दोलखाको निरी नगरपािलका –५ लिडकलमा पहिरो गएको हो । पहिरोले २ दर्जनभन्दा बढी घरहरुमा क्षति पुगेको छ ।
यस्तै गुल्मीको कालीगण्डकी गाउँपालिका–४ फुसेमा पनि पहिरो गएको छ । पहिरोमा एकजनाको मृत्यु भएको छ ।बुधबार राति सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र भोटेकोसी गाउँपालिकामा पहिरो जाँदा २ जनाको मृत्यु भएको थियो भने घटनामा २१ जना बेपत्ता भएका छन् ।
झरीसँगै पहिरोले घर बगाएको, ज्यान लिएको घटना आउने क्रम बढिरहेको छ । जोखिमयुक्त क्षेत्रमा सतर्कता अपनाउन प्राधिकरणले आह्वान समेत गरेको गौतमले बताए ।बेपत्ताहरुको उद्धार र खोजबिनमा स्थानीय प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरु खटिएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस