गृहपृष्ठ ∕ समाचार ∕ नेफिन आईसीसी गठन हुने नेफिन आईसीसी गठन हुने बिकास भुजेल असार २५, २०७७ गते २०:५२ मा प्रकाशित दोहा – नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति बनाउँन तदर्थ समिति गठन भएको छ । विदेशस्थित महासंघको जुम बैठकले तदर्थ समिति बनाएको हो ।बैठकपछि जारी विज्ञप्ति अनुसार महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष मानबहादुर रानामगरको संयोजकत्व गठन गरिएको समिति ११ सदस्यीय रहेको छ । उक्त समितिको सहसंयोजकद्वय किसन राई–हङकङ र खुसी लिम्बू–बेलायत रहेका छन् । समितिको सदस्य सचिव कतारका शिव भुजेल रहेका छन् । युगेल तेन्डुप शेर्पा–दक्षिण कोरिया, रश्मी थापामगर–क्यानडा, मणी थेवे–अस्ट्रिया, हेम गुरुङ–पोर्चुगल, विनोद पोमो–अमेरिका, कुमार बलामी–यूएई र सुदर्शन थापामगर–अस्ट्रेलिया समितिमा सदस्य रहेका छन् ।गत वर्ष अक्टुबरमा काठमाडौंमा सम्पन्न प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्रमा महासंघको विधान संशोधन गरी अन्तर्राष्ट्रिय सञ्जाल बनाइने समेटिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार उक्त सञ्जाल बनाउँन विदेश विभाग प्रमुखलाई छ महिनाभित्र कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको थियो ।सम्मेलनकै अवसरमा विभिन्न देशका महासंघका प्रतिनिधिहरुको बैठकलेसमेत छ महिनाभित्र विधान संशोधन नभए अन्तर्राष्ट्रिय समन्वय परिषद् गठन गर्न सक्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । अन्तर्राष्ट्रिय सम्मेलनको दौरानमा भएका निर्णय समीक्षा गर्न आयोजित जुम बैठकमा १३ देशका महासंघका अध्यक्षसहित २५ जनाको सहभागिता रहेको थियो ।बैठकको संयोजन महासंघ बेलायतका महासचिव खुसी लिम्बूले गरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारदिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनीकन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्यालीलमहीमा भुकम्प सुरक्षा दिवस मनाईयोआज माघे सङ्क्रान्ति मनाइँदै धेरै पढिएका १तुल्सीपुर इन्जिनियरिङ कलेजका नयाँ बिद्यार्थीलाई स्वागत २विपी कोइराला युवा नेतृत्व विकास मंच लमहीले पूर्णता पायो ३मुख्यमन्त्री पोख्रेलको जमानत जफत गरिदिने चौधरीको चेतावनी ४४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न ५दंगाली प्रतिभा केभी निस्चलको “नबुझेसी कुरै ” ६पार्टीलाई बलियो बनाउन महिलाको भूमिका महत्वपूर्ण—केन्द्रिय सदस्य चौधरी ७दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी ८आज माघे सङ्क्रान्ति मनाइँदै ताजा अपडेट ४५ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न दिवा सपना नदेख्न कम्युनिष्ट सरकारलाई कांग्रेसको चेतावनी कन्चन गिरफ्तारी विरुद्ध तुल्सिपुरमा बिरोध र्याली लमहीमा भुकम्प सुरक्षा दिवस मनाईयो आज माघे सङ्क्रान्ति मनाइँदै राप्ती डेलिभरि संघको भबन निर्माणमा आर्थिक सहयोग जुट्दै रिहार—च्याउखोला जोड्ने सडकको निर्माण कार्य शुरु आत्महत्या न्यूनीकरणका लागि समाजका अगुवाहरुलाई तालिम