गृहपृष्ठ ∕ समाचार ∕ नेफिन आईसीसी गठन हुने नेफिन आईसीसी गठन हुने बिकास भुजेल असार २५, २०७७ गते २०:५२ मा प्रकाशित दोहा – नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति बनाउँन तदर्थ समिति गठन भएको छ । विदेशस्थित महासंघको जुम बैठकले तदर्थ समिति बनाएको हो ।बैठकपछि जारी विज्ञप्ति अनुसार महासंघ अमेरिकाका निवर्तमान अध्यक्ष मानबहादुर रानामगरको संयोजकत्व गठन गरिएको समिति ११ सदस्यीय रहेको छ । उक्त समितिको सहसंयोजकद्वय किसन राई–हङकङ र खुसी लिम्बू–बेलायत रहेका छन् । समितिको सदस्य सचिव कतारका शिव भुजेल रहेका छन् । युगेल तेन्डुप शेर्पा–दक्षिण कोरिया, रश्मी थापामगर–क्यानडा, मणी थेवे–अस्ट्रिया, हेम गुरुङ–पोर्चुगल, विनोद पोमो–अमेरिका, कुमार बलामी–यूएई र सुदर्शन थापामगर–अस्ट्रेलिया समितिमा सदस्य रहेका छन् ।गत वर्ष अक्टुबरमा काठमाडौंमा सम्पन्न प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलनको घोषणापत्रमा महासंघको विधान संशोधन गरी अन्तर्राष्ट्रिय सञ्जाल बनाइने समेटिइएको विज्ञप्तिमा उल्लेख गरिएको छ । विज्ञप्ति अनुसार उक्त सञ्जाल बनाउँन विदेश विभाग प्रमुखलाई छ महिनाभित्र कार्यसम्पादन गर्ने जिम्मेवारी दिइएको थियो ।सम्मेलनकै अवसरमा विभिन्न देशका महासंघका प्रतिनिधिहरुको बैठकलेसमेत छ महिनाभित्र विधान संशोधन नभए अन्तर्राष्ट्रिय समन्वय परिषद् गठन गर्न सक्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । अन्तर्राष्ट्रिय सम्मेलनको दौरानमा भएका निर्णय समीक्षा गर्न आयोजित जुम बैठकमा १३ देशका महासंघका अध्यक्षसहित २५ जनाको सहभागिता रहेको थियो ।बैठकको संयोजन महासंघ बेलायतका महासचिव खुसी लिम्बूले गरेका थिए ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारएनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थपकतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे…ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा… धेरै पढिएका १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती २ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै ४दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन ताजा अपडेट एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत । एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट