गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोकमा भीषण वर्षा र बाढी, घाइतेको हेलिकप्टरबाट उद्धार सिन्धुपाल्चोकमा भीषण वर्षा र बाढी, घाइतेको हेलिकप्टरबाट उद्धार दीप संञ्चार असार २५, २०७७ गते १५:१८ मा प्रकाशित काठमाडौं – सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ स्थित जम्बुमा गएराति गएको पहिरोमा परी घाइते भएका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।सविना बस्नेत र सुवेश वाइवा तामाङको उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइसकिएको छ। अर्का एक घाइते बुटीमाया तामाङलाई अहिले उद्धार गरी ह्याम्स अस्पताल ल्याइँदैछ। घटनास्थल पुगेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले तीन जना घाइतेको उद्धार हेलिकप्टरबाट गरिएको बताए।घटनास्थलमा सभामुख अग्निप्रसाद सापकोटा, बागमती प्रदेशका आन्तरिक मामिला, पर्यटन र कानूनमन्त्रीसहित नेकपा नेताहरू र कांग्रेस नेता विष्णु खत्री हेलिकप्टर चढेर पुगेका हुन्। बाढीपहिरोले सडकमार्ग भत्किएपछि उनीहरूले लिएर गएको हेलिकप्टरमै घाइतेको उद्धार गरिएको हो।‘दुई जना घाइतेको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ,’ सापकोटाले भने, ‘थप एक जना घाइते लिएर हामी काठमाडौं आउँदैछौं।’ जम्बुमा बाढीपहिरोले अझै १७ जना सम्पर्कविहीन रहेको उनले बताए। ‘हराइरहेकाहरूको खोजी कार्य जारी छ,’ उनले भने।घाइतेलाई कैलाश एयरलाइन्सको हेलिकप्टरबाट उद्धार गरिएको हो। पहिरोमा परी अहिलेसम्म दुई जनाको शव भेटिएको छ। २० वर्षीय निकेश बस्नेत र उनकी करिब डेढ वर्षीया छोरी मीनाको शव फेला परेको प्रहरीले जनाएको छ। पहिरोले जम्बुमा ११ घर बगाएको छ। बेपत्ताहरूको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ। क्याटेगोरी : समाचारट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारबाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइमिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारीसाउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो…गृहमन्त्री गुरुङले दिए राजीनामा धेरै पढिएका १प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न २नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न ३गृहमन्त्री गुरुङले दिए राजीनामा ४मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी ५साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड ६कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने ७बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ ताजा अपडेट बाढीपहिरोका कारण देशका प्रमुख राजमार्गहरू अवरुद्ध, रात्रिकालीन सवारीमा कडाइ कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलद्वारा राजीनामा, नेकपाको नेतृत्वमा नयाँ सरकार बन्ने मिटरब्याजपीडित र सरकारी वार्ता टोलीबीच आजै सम्झौतापत्रमा हस्ताक्षर हुने तयारी साउनको आगमनसँगै हरियो चुरा र पोतेले सजिए बजार, किन्नेको लाग्यो भीड गृहमन्त्री गुरुङले दिए राजीनामा प्रवासी भुजेल समाज कतारको आठाै महाधिवेशन सप्पन्न नेपाल व्यवसायी सङ्घ कतारको दोस्रो वार्षिक साधारण सभा तथा स्मारिका विमोचन सम्पन्न एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप