गृहपृष्ठ ∕ समाचार ∕ सिन्धुपाल्चोकमा भीषण वर्षा र बाढी, घाइतेको हेलिकप्टरबाट उद्धार सिन्धुपाल्चोकमा भीषण वर्षा र बाढी, घाइतेको हेलिकप्टरबाट उद्धार दीप संञ्चार असार २५, २०७७ गते १५:१८ मा प्रकाशित काठमाडौं – सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-५ स्थित जम्बुमा गएराति गएको पहिरोमा परी घाइते भएका तीन जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।सविना बस्नेत र सुवेश वाइवा तामाङको उद्धार गरी काठमाडौंस्थित ह्याम्स अस्पताल ल्याइसकिएको छ। अर्का एक घाइते बुटीमाया तामाङलाई अहिले उद्धार गरी ह्याम्स अस्पताल ल्याइँदैछ। घटनास्थल पुगेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य माधव सापकोटाले तीन जना घाइतेको उद्धार हेलिकप्टरबाट गरिएको बताए।घटनास्थलमा सभामुख अग्निप्रसाद सापकोटा, बागमती प्रदेशका आन्तरिक मामिला, पर्यटन र कानूनमन्त्रीसहित नेकपा नेताहरू र कांग्रेस नेता विष्णु खत्री हेलिकप्टर चढेर पुगेका हुन्। बाढीपहिरोले सडकमार्ग भत्किएपछि उनीहरूले लिएर गएको हेलिकप्टरमै घाइतेको उद्धार गरिएको हो।‘दुई जना घाइतेको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ,’ सापकोटाले भने, ‘थप एक जना घाइते लिएर हामी काठमाडौं आउँदैछौं।’ जम्बुमा बाढीपहिरोले अझै १७ जना सम्पर्कविहीन रहेको उनले बताए। ‘हराइरहेकाहरूको खोजी कार्य जारी छ,’ उनले भने।घाइतेलाई कैलाश एयरलाइन्सको हेलिकप्टरबाट उद्धार गरिएको हो। पहिरोमा परी अहिलेसम्म दुई जनाको शव भेटिएको छ। २० वर्षीय निकेश बस्नेत र उनकी करिब डेढ वर्षीया छोरी मीनाको शव फेला परेको प्रहरीले जनाएको छ। पहिरोले जम्बुमा ११ घर बगाएको छ। बेपत्ताहरूको खोजीका लागि नेपाली सेना र नेपाल प्रहरी परिचालन गरिएको छ। क्याटेगोरी : समाचारट्याग : #breaking, #hot तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारपहुँचका भरमा जहाजको टिकट वितरणस्वतन्त्र उम्मेदवारहरुको जित ठुला राजनीतिक दलहरुका लागि चुनौतीपूर्ण बन्नेकाठमाडौंमा २२ हजार मत गन्न बाँकी रहँदा कति मतान्तरले अघि…सन्ध्याग्रुप कतारको अध्यक्षमा पुन : क्षेत्री धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २टिकटक स्टार अवार्ड-२०२२ सम्पन्न, प्रथम उपाधि मुमताज़ र सोफ़ियालाई ३गायिका रेशुको ‘माया धेरै’ बोलको गीत सार्वजनिक (भिडियोसहित) ४एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ५तुलसीपुरको मेयरमा काङ्ग्रेसका हमालको दाबेदारी ६कतारमा संयूक्त वनभोज तथा सांस्कृतिक कार्यक्रम सम्पन्न ७त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ८चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ताजा अपडेट पहुँचका भरमा जहाजको टिकट वितरण विद्रोहीद्वारा काश्मिरकी टिकटक स्टारको हत्या ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले लिए शपथ ग्रहण युक्रेनलाई समर्थन गर्ने विषयमा पश्चिमा देश विभाजित – जेलेन्स्की विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले दिए राजीनामा संसदमा विचाराधीन नागरिकता विधेयकलाई टुंगोमा पुर्याउने सरकारको नीतिको एनआरएनएद्वारा स्वागत बालेनको जित निश्चित ! काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी