Techie IT
×
गृहपृष्ठसमाचारएनआरएनए पोर्चुगलमा लागेको ताला २८ दिनपछि खुल्यो, मारपिटमा संलग्न संघका पदाधिकारीहरु निलम्बित, कारवाही गर्ने सहमति

एनआरएनए पोर्चुगलमा लागेको ताला २८ दिनपछि खुल्यो, मारपिटमा संलग्न संघका पदाधिकारीहरु निलम्बित, कारवाही गर्ने सहमति


पोर्चुगल – एनआरएनए पोर्चुगलमा लागेको ताला २८ दिनपछि खुलेको छ ।  छानवीन समितिका संयोजक श्री पूर्णबहादुर हमालको उपस्थितिमा नागरिक समुहका सम्बन्धित पक्षहरु बीच छलफल भइ बिभिन्न मागहरू राखी हिजो मिति ७ जुलाई २०२०  वाट कार्यालय खुलेको हो ।

गत जून महिनाको पहिलो साता रातको समयमा सिन्त्राको एक रेस्टुरेन्टमा हात हालाहाल र कुटपिटको  घटनामा संलग्न संघका पदाधिकारीहरुलाई निलम्बित गर्ने र  कारवाही गर्ने सहमति  भएपछी  लामो समय सम्म लागेको कार्यलयको ताला खुलेको छ ।

छानवीन समितिका संयोजक श्री पूर्णबहादुर हमालको उपस्थितिमा नागरिक समुहका सम्बन्धित पक्षहरु बीच छलफल भइ घटनामा संलग्न एनआरएनए पदाधिकारी तथा सदस्यहरुले पोर्चुगलमा रहेका संघसंस्थाका अध्यक्ष वा प्रतिनिधि, पूर्व अध्यक्ष, नागरिक अगुवा तथा पत्रकारहरु सम्मलित कार्यक्रममा विगतदेखिको घटना अब नदोहोर्‍याउने प्रतिबद्धता सहित माफी माग्नु पर्ने,  त्यसो गर्न अस्विकार गरेमा कार्वाही गरिनु पर्ने, छानविन समितिको निर्णय नआउँदा सम्म उक्त घटनामा संलग्न वरिष्ठ उपाध्यक्ष भिमसेन थापा, कोषध्यक्ष विक्रमजंग कुवँर, सदस्य सुमन शर्मा चम्लागाई र प्रस्तावित सदस्य विशाल आचार्यले एनआरएनएको कुनै पनि गतिविधि र कार्यक्रममा संलग्न हुन नपाउने लगायतका मागहरू उपर यथाशक्य पोर्तुगलमा रहेका संघ सस्थाहरुका प्रतिनिधि सहितको उपस्थितिमा अभियोगमा मुछिएका र पिडित भनिएका व्यक्तिहरुलाई बोलाई छानबिन लगतै चाडै निर्णय गर्ने गरी एनआरएनए कार्यालय नियमित संचालनमा आएको  कुरा एनआरएनए पोर्चुगलको बिज्ञप्तीद्वारा जानकारी दिइएको छ ।

बिज्ञप्तीको कुरा जस्ताको तस्तै :

गत जून महिनाको पहिलो साता रातको समयमा सिन्त्राको एक रेस्टुरेन्टमा हात हालाहाल र कुटपिटको दुखद घटना भयो । जसमा एनआरएन पोर्चुगलका केही पदाधिकारी तथा सदस्यहरूको संलग्नता देखिएको सन्दर्भमा वास्तविक सत्य तथ्य के हो छानवीन गरी आवश्यक निर्णय लिन एनआरएनए पोर्चुगलका संस्थापक अध्यक्ष पूर्णबहादुर हमालज्यूको संयोजकत्वमा एक समिति बनाइएको सर्वविदैतै छ ।

यसै विषयलाई लिएर सामाजिक न्यायका लागि भन्दै नागरिक समुहको नाममा एनआरएनए पोर्चुगलको कार्यालयमा तालाबन्दी गरिएको भन्ने कुरामा हिजो मिति ७ जुलाई २०२० का दिन छानवीन समितिका संयोजक श्री पूर्णबहादुर हमालको उपस्थितिमा नागरिक समुहका सम्बन्धित पक्षहरु बीच छलफल भइ तल उल्लेखित मागहरू उपर यथाशक्य पोर्तुगलमा रहेका संघ सस्थाहरुका प्रतिनिधि सहितको उपस्थितिमा अभियोगमा मुछिएका र पिडित भनिएका व्यक्तिहरुलाई बोलाई छानबिन लगतै चाडै निर्णय गर्ने गरी एनआरएनए कार्यालय नियमित संचालनमा ल्याउन तालाबन्दी खुला गर्ने सहमति भई हिजो जुलाई ७ तारिक वाट कार्यालय संचालन भएको जानकारी गराउँदछौं ।

नागरिक समुहले राखेका मागहरु:

गत महिना सिन्ट्रामा एउटा दुखद घटना भयो।जसमा एनआरएन पदाधिकारी तथा सदस्यहरूनै संलग्न रहेको तथ्य यथार्थ हो।सामाजिक न्याय र समाजको सेवामा समर्पित रहन्छु भनी एनआरएन जस्तो सस्थामा गएर पटक पटक यस्तो अपवृत र घृणित कार्य गर्नु समाजको लागि असह्य कुरा हो।यसै सन्दर्भमा यस्ता घृणित कार्य गर्ने ब्याक्ती सामाजिक संस्थामा रहनु वा पद ग्रहण गर्नुले समाजको उदेश्री र आस्था माथिनै थप चुनौती थपिएको छ।द्वन्द एक अन्त्यहिन सृन्खला हो र यसलाई निरन्तरता दिइरहनु समाजको लागि पनि हितकर छैन।तर यसको अर्थ यो होइनकि अन्यायमा परेकाले न्याय नपाउन वा गल्ती गरेकाले सजाय नपाउन।समाजमा सामाजिक न्याय र गल्ती गरेकाले सजाय पाउने परिपाटी सदैव रहनु पर्द्छ।यहि उदेश्यका खातिर पोर्चुगलमा एनआरएन पदाधिकारी बाटनै पटक पटक कुटपिटका घटना को विरोध र सामाजिक न्यायको माग स्वरुप विगत केही हप्तादेखि एनआरएन कार्यलय पोर्चुगलमा नागरिक अगुवाहरुले ताला लगाएको कुरा सवैमा सर्वविदितै छ।यहि विचमा एनआरएनएले सस्थापक अध्यक्षको संयोजकत्वमा एक छानविन समिती वनाएको छ।यस समितिले सामाजिक न्यायको पक्षमा खरो निर्णय गर्नेछ भन्ने हामिलाई पूर्ण विश्वास छ।हाम्रो माग सामाजिक न्यायको पक्षमा हो,र यो प्रविक्तीको अन्त्य होस् भन्नको लागि हो। नागरिक समाजले गरेक्क तालाबन्दी कुनै व्याक्ती वा आस्था निहित होइन यो मात्र सामाजिक न्याय स्थापनार्थ हो।हाम्रो माग तपशिल र यो माग पूरा गर्न सक्ने वातावरण वनाउन सक्ने अवस्था रहेमा छानविन समिती संयोजकले उपयुक्त समयमा एन आर एन कार्यलयमा लागेको ताला खोल्न सक्नुहुनेछ।हाम्रो माग यसप्रकार छ।

१) गत महिना सिन्त्रामा भएको घटनामा संलग्न एनआरएनए पदाधिकारी तथा सदस्यहरुले पोर्चुगलमा रहेका संघसंस्थाका अध्यक्ष वा प्रतिनिधि, पूर्व अध्यक्ष, नागरिक अगुवा तथा पत्रकारहरु सम्मलित कार्यक्रममा विगतदेखिको घटना अब नदोहोर्‍याउने प्रतिबद्धता सहित माफी माग्नु पर्ने । त्यसो गर्न अस्विकार गरेमा कार्वाही गरिनु पर्ने।

२) छानविन समितिको निर्णय नआउँदा सम्म उक्त घटनामा संलग्न वरिष्ठ उपाध्यक्ष भिमसेन थापा, कोषध्यक्ष विक्रमजंग कुवँर, सदस्य सुमन शर्मा चम्लागाई र प्रस्तावित सदस्य विशाल आचार्यले एनआरएनएको कुनै पनि गतिविधि र कार्यक्रममा संलग्न हुन नपाउने ।

संयोजक
उच्च स्तरीय छानवीन समिति पोर्चुगल ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस