Techie IT
×
गृहपृष्ठसमाचारविनायक सिद्ध कलेजद्वारा प्री- अनलाईन रजिष्ट्रेसन फर्म खुल्ला

विनायक सिद्ध कलेजद्वारा प्री- अनलाईन रजिष्ट्रेसन फर्म खुल्ला


काठमाण्डौ  – विनायक सिद्ध कलेज चाबहिलले कोरोना महामारी र लकडाउनलाई मध्यनजर गर्दै कक्षा ११ को लागि प्री अनलाईन रजिष्ट्रेसन फर्म गत सोमबारबाट खुल्ला गर्नुका साथै फर्म बिनायक सिद्ध कलेज  आधिकारिक फेसबुक पेजमा उपलब्ध रहेको जानकारी गराएको छ।

“ शिक्षाको क्षेत्रबाट समाजको परिबर्तनको बृहत् परिकल्पना” सहित अघि बढिरहेको विनायक सिद्ध कलेज (VS-college) चाबहिलले कोरोना भाइरस कोभिड-१९ को कारण प्रत्यक्ष रुपमा कार्यक्रम गर्न सम्भव नदेखिए पनि “जुम एप्लिकेसन ” मार्फत सम्पन्न गरेको हो।

कार्यक्रमको मुख्य उदेस्य एस.ई.ई पश्चात् कक्षा ११ को अध्ययनको लागि विद्यार्थीहरुलाई कुन बिषय छनोट गरि पढ्ने र पढाईको वातावरण कसरी सहज बनाउन सकिन्छ र विद्यार्थीको भबिस्य निर्माणमा कसरी अघि बढ्न सकिन्छ भन्ने रहेको थियो।

अहिलेको विषम परिस्थितिले शिक्षा क्षेत्रमा नकारात्मक असर सृजना गरेको टिप्पणी गर्दै,जतिसुकै अप्ठ्यारो परिस्थितिमा पनि आफ्नो लक्ष्य पुरा गर्नुपर्नेमा बिभिन्न बक्ताहरुले जोड दिएका थिए । साना कलिला विद्यार्थी भाईबहिनीहरुको भबिस्य ६,७ वर्ष पहिलाकै सोचले निर्धारण गर्ने हुँदा सबै विधार्थीहरुले यो बिषयमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका अतिथि तथा बक्ता मनोज ज्ञवालीले बोल्दै आफुले अध्ययनको शिलशिलामा गरेको लामो संघर्ष र सफलताको बारेमा सेयर गर्दै आफुले ( C.A ) पढेपछि भने जागिर देखि सबै कुरामा सहज भएको बताएका थिए। अहिलेको धेरै विधार्थीहरु सोसीयल मिडिया र डिजिटल प्रबिधिमा धेरै समय बिताउने गरेको कारण पढाईमा कमजोरी देखिएपनि आजै देखी अध्ययनलाई सहि तरिकाले ब्यबस्थापन गर्न सके अवश्य लक्ष्यमा पुग्न सकिने बताएका थिए।

त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय परीक्षा बोर्ड अनुसन्धान , गुणस्तर तथा शासकीय सुधार महाशाखाका प्रमुख डा. राम चन्द्र पाण्डेले बोल्दै अहिलेको नयाँ पाठ्यक्रम र पुरानो पाठ्यक्रम बिचमा अन्तर प्रस्ट पार्दै हरेक बिधार्थी ट्यालेन्ट बनाउन महत्वपूर्ण पाठ्यक्रम बनेको बताए । शिक्षकको काम घोकाउने मात्र भन्दा पनि ब्यबहारिक, सृजनात्मक र विधार्थीको चाहाना अनुरुप पठनपाठन हुनुपर्ने अहिलेको आवश्यकता हो र त्यो नयाँ पाठ्यक्रममा उल्लेख रहेको बताएका थिए।

कार्यक्रममा बोल्ने अन्य ब्यक्तिहरुमा कलेजका प्रीन्सिपल रामकृष्ण सिम्खडा, उत्प्रेरक वक्ता प्रितम पौडेल, नेपालको पहिलो कमेडी च्यामपियन बिजेता हिमेश पन्त, चर्चित प्रखर वक्ता रमेश प्रसाई,कलेजका लेक्चर कृष्ण बोहोरा,पुष्पराज संजेल लगायत बिभिन्न विशेषज्ञ हरुका साथै उत्प्रेरक वक्ताहरुले विधार्थीले अनुसरण गर्नुपर्ने कुराहरु बताएका थिए।

कलेजका अध्यक्ष दुर्गा प्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण गणेश बास्तोलाले गरेका थिए भने स्वागत मन्तब्य बिष्णु पराजुलीले राखेका थिए । उक्त कार्यक्रममा देशभर कक्षा ११ मा अध्ययनका लागि तयारीमा रहेका विद्यार्थीहरूको उलेख्य सहभागिता रहेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस