के कारणले आफैं मर्न थाले सलह ?
काठमाडौं – अनुकुल वातावरण नभएपछि नेपाल आएका सलह हराउँदै गएका छन्। मौसम अनुकुल नहुँदा सलह आफैं मर्न थालेको प्लान्ट क्वारेन्टाइन तथा विषादी केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिए।
‘तराईबाट प्रवेश गरेको सलह हावाको वेग अनुसार उत्तर, पश्चिमतिर लागेका थिए,’ उनले भने, ‘चिसोका कारण सलह आफैं मर्न थालेको जिल्लाका प्राविधिक रूपले बताएका छन्।’
उनकाअनुसार २२ डिग्री सेल्सियसभन्दा कम तापक्रममा सलह बाच्न सक्दैन। बाग्लुङ, रूकुमपूर्व तथा कालिकोटतिर ठूलो संख्यामा सलह मरेको जानकारी आएको उनले बताए।
‘अन्य ठाउँमा फाटफुट मरेको भन्नेछ, ती जिल्लामा भने धेरैको संख्यामा मरेका जानकारी आएको छ,’ हुमागाईंले भने।
उनकाअनुसार अब थोरै संख्यामा सलह नेपालमा छ। ती जंगलमा बसेका छन्। नेपालमा दैनिक पानी परेकोले ती पनि घट्दै जाने उनले बताए।
‘अहिले केही जङ्गलमा बसेको भन्ने जानकारी आएको छ, मनसुनको कारणले त्यो पनि घट्दै जान्छ,’ उनले भने।
अहिले हावाको वहावको पूर्वानुमानअनुसार पूर्वी हावाको प्रभाव रहेकोले सलहकाे अरु झुण्डहरू नेपाल प्रवेश गर्ने सम्भावना न्यून रहेको केन्द्रले बताएको छ।
१३ गते बारा, पर्सा हुँदै पहिलो पटक सलह नेपाल प्रवेश गरेको थियो। ५ झुण्ड गरेर प्रवेश गरेको सलहको संख्या ७० देखि ८० लाख रहेको केन्द्रकाे अनुमान छ। १६ सय देखि १८ सय मिटर उचाईसम्म उड्न सक्ने सलह हावाको वेगसँगै टुक्रिएर ५२ जिल्लामा पुगेका थिए।
सलहले मकवानपुर, दाङ, प्युठान, अर्घाखाँची र पाल्पामा मकै, तरकारी तथा भटमासबालीमा सामान्य क्षति पुर्याएको केन्द्रले बताएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking
धेरै पढिएका
- १कतारमा पनि मनाइदै ३०३ औं पृथ्वी जयन्ती
- २दाङ देउखुरी सेवा समाज कतारले साताै साधारण सभा गर्दै
- ३नेपाली जनसम्पर्क समिति कतारको आयोजनामा बृहत् रक्तदान कार्यक्रम हुदै
- ४ठकुरी सहयोग संजाल कतारको आयोजनामा रक्तदान कार्यक्रम हुदै
- ५मगरहरुको प्रमुख राष्ट्रिय चाड माघ्या सकराटी पर्व कतारमा पनि भब्य रुपमा मनाईदै
- ६प्रवासी भुजेल समाज कतारले पहिलो पटक रक्तदान कार्यक्रमको आयोजना गर्दै
- ७विकासानन्द फाउन्डेसन विश्व परिवारद्वारा कतारमा योग साधना कार्यक्रम हुदै
- ८पत्रकार भण्डारीको उपन्यास बोरा कतारमा बिमोचन
ताजा अपडेट
- एनआरएनएको उच्चस्तरीय मेलमिलाप समितिमा चार सदस्य थप
- कतार आइपुगे पूर्व परराष्ट्र मन्त्री महत ।
- एनआरएन अध्यक्ष श्रेष्ठ र एफएनसीसीआई अध्यक्ष ढकालबीच ‘एनआरएन इन्भेस्टमेन्ट समिटबारे छलफल
- ठकुरी सहयोग सञ्जाल, कतारले आफ्नो ११ औं वार्षिकोत्सव भव्य रूपमा मनाउदै
- नेपाली व्यवसायी संघद्वारा प्रथम सचिव कृष्ण कुमार सुवेदीलाई भव्य सम्मान तथा बिदाइ
- गैरआवासीय नेपाली संघको उपाध्यक्षमा श्रेष्ठ, निरन्तर योगदान र नेतृत्व क्षमतामा सधैं अब्बल
- एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुला, शनिबार हायात होटेलमा उद्घाटन हुने
- एनआरएनएको हितमा एक्लै भएपनि उभिन्छौँ – भट्ट
तपाईको प्रतिक्रिया दिनुहोस