गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री ओलीले दिए फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई प्रधानमन्त्री ओलीले दिए फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई बधाई दीप संञ्चार असार २३, २०७७ गते २१:३८ मा प्रकाशित काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले फ्रान्स र आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्रीलाई आज बेग्लाबेग्लै बधाई सन्देश पठाउँदै उनीहरुको सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।फ्रान्सका प्रधानमन्त्री जँ कास्टेक्सलाई पठाउनुभएको बधाई सन्देशमा नेपाल र फ्रान्सबीच पुरानो मैत्री एवं जनस्तरको सम्बन्धको चर्चा गर्दै उनले सुदृढ आर्थिक साझेदारीमा जोड दिएका छन् । नेपालको सामाजिक–आर्थिक उन्नयनमा फ्रान्सले गरेको सहयोगको प्रधानमन्त्री ओलीले सराहना गरेका छन् ।यसैगरी आयरल्यान्डका नवनियुक्त प्रधानमन्त्री माइकल मार्टिन टिडीलाई पठाउनुभएको बधाई सन्देशमा प्रधानमन्त्री ओलीले उनीसँग निकट सम्पर्कमा रहेर पारस्परिक लाभका खातिर सहकार्य गर्न आफू इच्छुक रहेको बताएका छन् । आगामी सन् २०२१–२२ का लागि राष्ट्रसङ्घीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा आयरल्यान्ड निर्वाचित भएकामा प्रधानमन्त्रीले बधाई ज्ञापन गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।दुवै देशका प्रधानमन्त्रीलाई पठाउनुभएको बधाई सन्देशमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को महामारीविरुद्ध अन्तर्राष्ट्रिय समुदाय बीचको सहयोग र ऐक्यबद्धतामा विशेष जोड दिएका छन् । कोभिड–१९ का कारण उत्पन्न अहिलेको कठिन परिस्थितिमा आयरल्यान्ड र फ्रान्समा रहेका नेपालीलाई त्यहाँका सरकारबाट प्राप्त अमूल्य सहयोगप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री ओलीले नेपालमा रहेका ती देशका नागरिकलाई नेपाल सरकारले निरन्तर सहयोग गर्ने प्रतिबद्धता सन्देशमा व्यक्त गरेका छन् ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुनेलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्ति धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ४रातिको खानामा यी बानी सुधार गर्नुहोस् ५टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन भर्जिनियामा दशैं तिहार फेस्टिवल २०२४ आयोजना हुदै ! दाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने लमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्ति गोरखापत्र लोकसेवा विशेष वस्तुगत प्रश्नोत्तर