गृहपृष्ठ ∕ समाचार ∕ नेपाल एयरलाइन्सका थप २ कर्मचारीमा कोरोना पुष्टि नेपाल एयरलाइन्सका थप २ कर्मचारीमा कोरोना पुष्टि दीप संञ्चार असार २३, २०७७ गते २१:२७ मा प्रकाशित काठमाडौं – नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का तीन पाइलटसहित नौ उडान कर्मचारीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । चार्टर्ड उडानमा सहभागी चालक दलका नौ सदस्यको पिसिआर रिपोर्ट पोजेटिभ देखिएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् ।सोमबार सात जनामा कोभिड सङ्क्रमण देखिएको थियो । चालक दलका अन्य सात जनाको पिसिआर परीक्षण गर्दा थप दुई जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको उनले उल्लेख गरिन् । निगमका उडान कर्मचारी उद्धार उडानका क्रममा सोल्टी होटलमा क्वारेन्टिनमा बसेका थिए ।निगमले अत्यावश्यक स्वास्थ्य सामग्री तथा स्वास्थ्य मापदण्डमा रहेर उडान सञ्चालन गरिरहेको थियो । निर्धारित उडान सकेर क्वारेन्टिनबाट घर पठाउने क्रममा पिसिआर परीक्षण गर्दा पाइलटसहित चालक दलका सदस्यलाई कोभिड–१९ सङ्क्रमण पुष्टि भएको हो । निगम व्यवस्थापनले थप सतर्कता अपनाई पूर्वनिर्धारित उद्धार उडान यथावत् सञ्चालन हुने पनि जनाएको छ ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारमोटरसाइकल दुर्घटना हुँदा एक इञ्जीनियरको मृत्युसर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्नेएकैदिन १ हजार १२८ कोरोना संक्रमित थपिदा, १४ को मृत्युतुलसीपुरको चप्पल गोदाममा भीषण आगलागी हुँदा पाँच जनाको मृत्युु धेरै पढिएका १नेपाली व्यवसायी मञ्जु खनाल द्धारा दोहामा आभा मञ्जु रेष्टुरेन्ट सञ्चालन, शर्माले गरे समुद्घाटन (फ़ोटो फ़ीचर सहित) २एनआरएनए महाधिवेशन नेतृत्वले रोकेको हो, एनसीसीका कुरा सुन्नुपर्छ, अध्यक्षका आकांक्षी आचार्य ३त्रि. वि. एम.बि.एस.को अनलाइन कक्षा सुरु हुने मिति परिवर्तन ४चितवन युवा समुह कतारको १६ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पाण्डे ५गोरखाका सुरेस भट्टले गरे रविन्द्र मिश्र संग सम्बन्ध विच्छेदको घोषणा ६सुँगुरको मुटु मानिसमा सफल प्रत्यारोपण ७विद्यार्थी र शिक्षकमा कोरोना पुष्टि भएपछि विद्यालय बन्द ८ब्राउन सुगरसहित वडा अध्यक्ष पक्राउ ताजा अपडेट बेलायतले पोल्याण्डमा थप ३५० सेना तैनाथ गरेको पुष्टि निर्वाचन आयोगले फागुन १ देखि दैनिक पत्रकार सम्मेलन गर्ने काँग्रेसले १६ जिल्लाको अधिवेशन फागुन १३ गते गर्ने चार देशीय टी–२० सिरिज : ओमानले नेपाललाई दियो मध्यम लक्ष्य मोटरसाइकल दुर्घटना हुँदा एक इञ्जीनियरको मृत्यु सर्वोच्च अदालतले फागुन १ गतेदेखि सबै सेवा सञ्चालन गर्ने एससीसीलाई छिट्टो निकास दिनुपर्छः डा. कोइराला बन्दुकधारीद्वारा लिबियाका प्रधानमन्त्रीको गाडीमा आक्रमण