Techie IT
×
गृहपृष्ठसमाचारढुक्क भएर लगानी गर्न र कुनै भ्रममा नपर्न सगुनले गर्यो आग्रह

ढुक्क भएर लगानी गर्न र कुनै भ्रममा नपर्न सगुनले गर्यो आग्रह


लन्डन – नेपाली उद्यमी तथा लगानीकर्ताहरुले शुरु गरेको कम्पनी, सगुनले आफ्नो कम्पनीमा गरिएको लगानीले उच्च प्रतिफल दिने कुरामा कुनै शंका नगर्न र कुनै भ्रममा पनि नपर्न आग्रह गरेको छ।

“हालसम्म विश्वका १ सय २० भन्दा बढी राष्ट्रहरुबाट ७० लाखभन्दा बढी प्रयोगकर्ताहरु सगुनको प्लेटफार्ममा जोडिएका छन् । जसमध्ये धेरै प्रयोगकर्ताहरु नेपाल, भारत र अमेरिकामा छन् । हालसम्म विश्वभरबाट ४ हजार भन्दा बढी सर्वसाधारण व्यक्तिहरुले ६० लाख अमेरिकी डलर भन्दा बढी रकम सगुनमा लगानी गरिसकेका छन् । सुगनका लगानीकर्ताहरु अमेरिका, बेलायत, अष्ट्रेलिया, दक्षिण कोरिया र भारतका रहेका छन्,” सगुनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

नेपालीहरुको सक्रियतामा अमेरिकाको डेलावयर राज्यमा कानूनीरुपमा दर्ता भएर विश्वभर सामाजिक सञ्जालको रुपमा फैलिएको सगुनलाई अमेरिकाको धितोपत्र तथा विनिमय आयोग (US Securities and Exchange commission, SEC) बाट शेयरसम्बन्धी कारोबार गर्न अनुमति प्राप्त छ र सोही आयोगको नियमभित्र रही सोही निकायले नियमन गर्दै आइरहेको पनि विज्ञप्तिमा जनाइएको छ।

“ग्लोबल ब्राण्ड स्थापना गर्ने प्रवासी नेपालीहरुमध्ये सगुन पहिलो सुरुवातकर्ता हो । सगुनले नयाँ गोरेटो कोर्दै नेपाली नयाँ पुस्ताहरुलाई प्रेरणा दिन चाहन्छ । हाम्रो सफलताले नवीनतम सोच र काममार्फत विश्वसँग प्रतिस्पर्धा गर्न नेपाली नयाँ पुस्तालाई आत्मविश्वास जगाउन सक्छ भन्ने हाम्रो विश्वास रहेको छ,” विज्ञप्तिमा भनिएको छ।

‘अन्तरक्रिया गर्ने साझा मञ्च’

सगुनको विश्वव्यापी लक्ष्य भनेको सामाजिक मिडियाको प्रयोग गर्ने तरिका परिवर्तन गर्नु हो । हामी मानिसलाई यस सञ्जालमा फरक तरिकाले अन्तरक्रिया गर्ने साझा मञ्च (प्लेटफर्म) उपलब्ध गराउन चाहन्छौँ । यस अवसरका बारेमा भारतका दार्जिलिङ, असम, मणिपुर, भुटान, बर्मालगायत विश्वभरि छरिएर रहेका नेपालीभाषीलाई समेत हाम्रो सञ्जालमा जोड्न चाहन्छौं, कम्पनीले भनेको छ।

“विश्वभरका प्रयोगकर्ताहरुलाई आइफोन, एन्ड्रोइड फोन तथा डेस्कटपहरुमा सगुन प्रयोग गर्ने सुविधासहित सेवा उपलब्ध गराउँदै आइरहेका छौँ । इन्डिया प्राइभेट लिमिटेडको रुपमा दर्ता भई भारतीय रिजर्व बैँक (RBI) द्वारा असीमित रेमिट्यान्स कारोवार गर्ने सगुनले भारतमा सन् २०१५ मा अनुमति प्राप्त गरेको छ । त्यसैगरी नेपाल सरकारले तोके बमोजिमका सबै दर्ता तथा कानुनी प्रकृया पूरा गरी सगुन नेपाल प्राइभेट लिमिटेड सन् २०१७ मा दर्ता गरिएको छ । साथै नेपाल राष्ट्र बैँकबाट तीन करोड रुपैयाँमा आवश्यकता अनुसार बढाउन सकिने गरी कारोबार गर्न स्वीकृत प्राप्त कम्पनी भएको जानकारी गराउँदछौँ,” कम्पनीले भनेको छ।

“सुरुमा सन् २०१५ सम्म अमेरिकी कम्पनीहरुमा समेत सर्वसाधारणलाई सेयर किनबेच गर्न अनुमति थिएन । नयाँ परिवर्तित कानुनी व्यवस्थाअनुसार अब एसइसीले योग्य ठह-याएका कुनै पनि कम्पनीहरुले आफ्नो सेयर (इक्विटी) सर्वसाधारणलाई बिक्री गरी बार्षिक पाँच करोड अमेरिकी डलरसम्मको पूँजी जम्मा गर्न सक्ने छन् । सगुन अमेरिकी कानुनअनुरुप अन्य ख्यातिप्राप्त कम्पनी जस्तै अमेरिकाको धितोपत्रसम्बन्धी आयोग (US SEC) बाट योग्य कम्पनीको रुपमा छनौट भएको कम्पनी हो । सगुनले अमेरिकी सरकारको मापदण्ड पूरा गरेको आधारमा सर्वसाधारणबाट पूँजी संकलन गर्ने आधिकारिक रुपमा अनुमति प्राप्त गरेको हो । पूँजी निर्माणमा सहभागी हुन पाउने यो विशेष अवसर विश्वभरि रहेका ती सबै नेपालीहरुमा पु-याउन चाहन्छौं जुन इतिहासमा कहिल्यै प्राप्त हुन सकेको थिएन,” कम्पनीले भनेको छ।

“हामी सबैलाई थाहा भएकै कुरा हो कि नेपालमा १ करोड ५० लाख भन्दा बढी व्यक्तिहरु विभिन्न सामाजिक सञ्जालहरु प्रयोग गर्दछन् । नेपालका यति धेरै प्रयोगकर्ताहरुले प्रयोग गर्ने सामाजिक सञ्जालहरुमा राखिएको विज्ञापनबाट अन्तर्राष्ट्रिय सामाजिक सञ्जालहरुले बार्षिक करिव २२ अरब रुपैयाँ नेपालबाट कमाउँछन् । त्यो रकम नेपालमा नै रहोस् भन्ने चाहना र कोसिस सगुनको रहेको छ, रहिरहने छ,” कम्पनीले भनेको छ।

सगुनको भनाइ जस्ताको तस्तै:

१. सगुनको नाम र ब्राण्ड सुरक्षित गर्न मात्र सगुनको डोमेन नाम सन् २००६ मा दर्ता गरिएको थियो । पछि सगुन कम्पनीका रुपमा अमेरिकाको डेलावयर राज्यमा दर्ता गरिएको थियो तर हालको सगुनको प्रारम्भिकरुपमा सन् २०१४ देखि मात्र काम सुरु भएको हो । यसको पहिलो वेभसाइट सन् २०१५ अक्टुवरमा नेपालमा सुरु गरिएको थियो । त्यसैले बजारमा सगुन चार वर्षको मात्र भएको छ ।

२. ‘स्टार्ट–अप’ भन्ने शब्दसँग कोही अलमलिनु जरुरी छैन । ‘स्टार्ट–अप’ शब्दको धरातलीय अर्थ भर्खर सुरु गरिएको भन्ने भएता पनि यसको वास्तविक अर्थ (यस क्षेत्रमा) हालसालै स्थापना गरिएको भन्ने अर्थमा मात्र सीमित हुदैन । लामो समयदेखि विश्वबजारमा विश्वविख्यात कम्पनीहरुले समेत ‘स्टार्ट–अप’ लेख्ने प्रचलन रहेकोछ । ‘स्टार्ट–अप कम्पनी’ ले नयाँ आइडिया बजार ल्याउने तथा नयाँ प्रविधिको खोजी गर्दछन् ।

बजारमा हेर्ने हो भने पनि ठूलै मात्रामा सर्वसाधारणले प्रयोग गरिरहेका प्रोडक्टहरुका उत्पादक कम्पनीहरुलाई समेत ‘स्टार्ट–अप कम्पनी’ नै भनिएको पाइन्छ ।

३. नेपालको लगानीसम्बन्धी कानुनका कारण सगुनले नेपालीबाट कुनै लगानीको अपेक्षा राख्दैन र नेपालको धितोपत्र बजारमा सगुनलाई दर्ता गर्नु पर्ने आवश्यक छैन । सगुनले अमेरिकी सेक्युरिटिज कानून अनुसार अनलाइनबाट लगानी जुटाइरहेको छ जसमा इच्छुक लगानीकर्ताहरुले अनलाइनमार्फत् लगानी फर्म भर्नु सक्दछन् । डेविट वा क्रेडिट कार्ड, चेक तथा वायर ट्रान्सफर गरेर लगानीको रकम पठाउनु पर्दछ जुन नेपालबाट सम्भव पनि छैन ।

४. सगुनले धितोपत्र तथा विनिमय आयोगमा पेश गरेको आर्थिक प्रतिवेदनलाई गलत ढंगले अपव्याख्या गर्दै आमसर्वसाधारण र लगानीकर्तालाई समेतको विश्वासमा भ्रमित गर्ने गरी आएका समाचारप्रति दुःख व्यक्त गर्दछौं । सामान्यतया, लेखापरिक्षणको भाषामा, कम्पनीले आफ्नो इक्विटी बिक्री गरी संकलन गरेको कोषलाई घाटाको रुपमा लेखांकन गरिन्छ, त -जीएनएन


क्याटेगोरी : समाचार
ट्याग : #breaking

तपाईको प्रतिक्रिया दिनुहोस