गृहपृष्ठ ∕ समाचार ∕ गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित गलकोट नगरपालिकाद्वारा पत्रकार थापा सम्मानित दीप संञ्चार असार २०, २०७७ गते ७:५७ मा प्रकाशित बागलुङ – नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद तथा लोकान्तर सहकर्मी थम्मन थापा सम्मानित भएका छन् । २०७४ सालमा गलकोट नगरपालिकाले स्थापना गरेको घुम्टे पत्रकारिता पुरस्कार २०७७ बाट सातौं नगर सभामा पत्रकार थापा सम्मानित भएका हुन् ।वि.सं २०६५ साल देखि बागलुङको गलकोट बाट पत्रकारितामा कलम चलाउँदै आइरहेका थापालाई पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुराएको भन्दै घुम्टे पत्रकारिता पुरस्कार २०७७ प्रदान गरिएको गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले जानकारी दिए । नगरपालिकाले नगर सभाको अवसरमा प्रत्येक वर्ष १ जना उत्कृष्ट पत्रकारलाई नगद रु २० हजार र सम्मान पत्र सहित सम्मान गर्दै आइरहेको नगर उपप्रमुख रेणुका काउचा मगरले बताइन् ।पत्रकारिता क्षेत्रमा थप प्रोत्साहन गर्दै जिम्मेवारी बन्न प्रेरित गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको गलकोट नगरपालिकाले जनाएको छ । पत्रकार थापाले सामाजिक उत्तरदायित्व सहितको पत्रकारितामा निरन्तर कलम चलाउँदै आएका छन् । थापाले विभिन्न सञ्चार माध्यममा बागलुङ बाट रिपोर्टिङ गर्दै आइरहेका छन् ।गलकोट नगरपालिकाले गर्ने हरेक क्रियाकलापहरू सञ्चार माध्यम मार्फत आम जनसमुदायला खबर प्रदान गरी अतुलनिय भूमिका निर्वाह गर्ने १ जना पत्रकारलाई सम्मान गर्ने उद्देश्यले गलकोट नगरपालिकाले घुम्टे पत्रकारिता पुरस्कार स्थापना गरेको गलकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले बताए । गलकोट नगरपालिका वडा नं २ नरेठाटीको सभा हलमा आयोजित सातौं नगर सभा आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट पास गर्दै सम्पन्न भएको छ ।नगर सभामा गलकोट नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडा अध्यक्षहरु, नगर कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, सञ्चारकर्मीहरु, कर्मचारीहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।क्याटेगोरी : समाचारट्याग : #breaking तपाईको प्रतिक्रिया दिनुहोससम्बन्धित समाचारनेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदैब्राजिलबाट स्वदेश फर्किए बालेनदाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुनेलमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्ति धेरै पढिएका १किन कुरुक्षेत्रमा नै लडिएको थियो महाभारतको युद्ध ? २भावुक सन्देश लेखेर बेपत्ता भएका कीर्तिमानी रक्तदाता मैनाली नर्थ क्यारोलिनाको जंगलमा कारभित्र मृत भेटिए ३सुदूरपश्चिममा आज भुवा पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा ४रातिको खानामा यी बानी सुधार गर्नुहोस् ५टोकियोको रनवेमा दुई विमान एकापसमा ठोक्किएपछि भीषण आगलागी ६अमेरिकामा उडानकै क्रममा विमानको एक भाग गायब भएपछि……. (भिडियोसहित) ७कार्य प्रभावकारी बनाउन रास्वपाले प्रत्येक आइतबार आफ्ना मन्त्रीसँग छलफल गर्ने ८यी हुन् गिजरमा नुहाउँदा हुने जोखिम ताजा अपडेट गीतकार मन्जु कडेल साहसीको नयाँ गीत ‘संसार जिते मैले’ सार्बजनिक नेपाली कांग्रेसका महामन्त्री गगन थापा कतार आउदै जलवायु परिवर्तन : यसको अर्थ, असर र जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कार्यहरु ब्राजिलबाट स्वदेश फर्किए बालेन भर्जिनियामा दशैं तिहार फेस्टिवल २०२४ आयोजना हुदै ! दाङको घोराहीमा एआई सम्बन्धी राष्ट्रिय सम्मेलन हुने लमही नगरपालिकाले रिहार धामका लागि बजेट नछुट्याउदा अध्यक्ष खत्रीको आपत्ति गोरखापत्र लोकसेवा विशेष वस्तुगत प्रश्नोत्तर